• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

किन डुवान हुन्छ बर्सेनि कैलाली ! यस्तो हो कारण ?

धनगढी, १८ साउन- हरेक वर्षायाममा कैलालीको दक्षिणी क्षेत्र डुबानमा पर्दै आएको छ। नेपाल–भारत सीमाबाट १० किलोमिटर दक्षिणमा भारतले घाँघरा कर्णाली नदीमा गिरिजापुरी बाँध कैलाशपुरी बाँध बनाएर बाँधको ढोका थुन्ने गरेका कारण कैलाली र बर्दिया डुबानमा पर्ने गरेका हुन्। बाँधको ढोका थुनिएपछि कर्णाली, मोहना, कनरी, कान्द्रा, पथरैया, काँढालगायत ठूला–साना नदीको पानीको बहाव रोकिन गई कैलालीको दक्षिणी भू–भाग डुबानमा पर्छ।

कैलालीको चुरेबाट निस्केका मोहना, कनरी, कान्द्रा, पथरैया, काँढालगायत नदी कर्णाली नदीमा मिसिन्छन्। भारतले आफ्नो जमिन डुबानबाट जोगाउन घाँघरा ९कर्णाली० नदीमा गिरिजापुरी बाँध बाँधेकै कारण कर्णाली नदी थुनिएर कर्णालीमा मिसिएका साना ठूला सबै नदीको बहाव रोकिन गई कैलालीको दक्षिणी क्षेत्र डुबानमा पर्ने गरेको भूगोलविद् डा। लोकबहादुर बिष्ट बताउँछन्।

‘बाँधका कारण कर्णालीको बहाबले गति लिन नसक्दा पानी थुनिन गई अन्य सहायक नदी तथा खोलासमेत भरिएर बस्ती डुबान हुने गरेको हो’, उनले भने। गिरिजापुरी बाँधकै कारण कर्णाली र यसका सहायक नदी थुनिन गई टीकापुर नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकाको फूलबारी पच्चीस घर, उर्मीलगायतको भूभाग डुबानमा पर्ने उनको भनाइ छ। बाँधको असर धनगढी र गोदावरी नगरपालिकासम्म पर्ने बताउँदै उनले भने, ‘मोहनाले पनि बहावको गति लिन नसक्दा मोहनामा मिसिने धनगढीका शिवनगर खोला, कैलाली नाला पनि भरिएर सन्तोषीटोल, शिवनगर, भन्सार क्षेत्र, तारानगर क्षेत्र, बैया बेहडी र उत्तरबेहडीको केही क्षेत्र डुबानमा पर्छन्।’

त्यसो त पछिल्ला वर्षहरूमा खोला तथा नालाहरु अतिक्रमणको चपेटामा परेका कारण पनि धनगढी जलमग्न हुने गरेको छ। ‘ठूलो पानी पर्दा हुने डुबान भारतीय बाँधको समस्या हो भने सानो पानीमा पनि धनगढी डुब्नुको कारणचाहिं खोला अतिक्रमण नै हो’, बिष्टले भने। ‘धनगढीलाई डुबानबाट बचाउन खोलाको अतिक्रमित क्षेत्र खुलाउनुपर्छ,’ उनले भने।

अनियन्त्रित बसाइँसराइका साथै अव्यवस्थित सहरीकरणले पनि धनगढी डुबानमा पर्ने गरेको हो। नागरिक समाजका अगुवा हरि रेग्मी भन्छन्, ‘धनगढी डुबानको कारण अव्यवस्थित सहरीकरण र ढलमा जथाभावी फोहर थुपारिँदा वर्षाको पानी बग्न नपाउनु पनि हो।’ यस्तै ६ लेन सडक अग्लो भएपछि धनगढीको विशालनगर क्षेत्रको पानी बग्न नपाउँदा सो क्षेत्र डुबानमा पर्ने स्थानीय धनबहादुर बोहराले बताए।

‘६ लेन सडक अग्लो भएकाले होचा स्थानमा पानी जमेर विशालनगर, चौराह पछाडिको भाग, विद्युत् क्षेत्र, रिङरोड आपासको बस्ती डुबानमा पर्छ,’ उनले भने। धनगढी उपमहानगपालिकाका इन्जिनियर दीजराज भट्टले प्राकृतिक रूपमा पानी बग्ने स्थानमा घर, सडक निर्माण हुँदा बहाव रोकिएर पनि धनगढी डुबानमा पर्ने गरेको बताए। उनले भने, ‘पहिले खेतमा पानी जम्थ्यो तर अहिले खेतमा संरचना बन्दा डुबानको समस्या निम्तियो।’ उनले डुबान समस्या समाधानका लागि नाला अतिक्रमण रोक्नुपर्ने र गुरुयोजना बनाएर निकासको व्यवस्थापन गर्नुपर्ने बताए।

पुष्पराज जोशी, नागरिक दैनिक

आइतबार, साउन १८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.