धनगढी १८ साउन- नेपाल तालिम तथा रोजगार ब्यावसाय महासंघको सुदूपश्चिमको भेलाले प्रमोद पाठको अध्यक्षतामा अध्यक्षतामा प्रदेश कमिटी बिस्तार गरेको छ ।
सुदूरपश्चिम क्षेत्रमा कृयाशिल तालिम तथा रोजगार ब्यवसायी संस्थाहरुको छाता संगठन निर्माण गर्ने उदेश्यल ११ सदस्यीय समिती चयन गरिएको हो । समितिको उपाध्यक्षमा केदार भट्ट, सचिवमा झुमप्रसाद अधिकारी, सह–सचिवमा रामचन्द्र जोशी र कोषाध्यक्षमा राधिका सावद चयन भएका छन् भने सदस्यहरुमा आशिष बम, सपना रोकाया, अरबिन्द्र भट्ट, महेश चौधरी, नरेश खड्का, लाल बहादुर राना र गणेश पार्की रहेका छन ।
नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ (सिटिईभिटी)बाट छोटो अवधीका तालिम सम्बन्धन प्राप्त संस्था हरुको छाता संगठन हो । समिति २०७२ सालमा स्थापना भएको हो ।
तालिम प्रदायक सस्थाका जेष्ठ सदस्य तालिम ब्यवसायी रमणचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको भेलको प्रमुख अतिथी सिटिभिटि सुदुरपश्चिम प्रदेश उप निर्देशक देवसिंह धामी रहेका थिए । भेलमा बोल्दै निजि प्राबिधिक शिक्षालय महासंघ सुदूरपश्चिम प्रदेश समितीका सचिब सुजित शर्मा, नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघका केन्द्रिय सचिब छत्र बमले संस्थालाई सबैको हकहितका लागि एक जुटहुनु पर्ने धारण व्यक्त गरेका थिए ।
