बझाङ, १७ साउन/ आफ्नो पदिय मर्यादा विपरीत काम गरेर विभिन्न घटनामा मुछिदै आएका बझाङ मष्टा गाँउपालिकाका अध्यक्ष फेरि विवादमा आएका छन् । उनले फेरी एउटा बृद्ध माथि दुरव्यवहार गरेको घटना सार्वजनीक भएको छ ।
गाँउपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले केही दिन अगाडी मदिरा सेवन गरी सोही गाँउपालिका वडा नम्बर २ घर भएका ७५ बर्षीया पिरु रोकाया माथि बाटोको विषयलाई लिएर सर्वाजनीक रुपमै दुरव्यवहार गरेका हुन् । अध्यक्ष कठायतले बृद्ध माथि गरेको ब्यवहार को भिडीयो सामाजीक संजाल मा भाईरल भएपछि कठायतको जिल्ला स्तरमा विभिन्न टिका टिप्पणी हुन थालेको छ ।
गाँउपालिकाका अध्यक्ष कठायतले बृद्ध पिरु रोकायाको बाडेगाँउमा रहेको देउपाटो भन्ने स्थानमा खेलकुद मैदान बनाउन खोजेको र बृद्ध रोकायाले आफ्नो दर्ता भएको जमिन र भोकचलन गर्दै आएको जमिनमा आफ्नो जानकारी नगरी गाँउपालिकाले खेलमैदान बनाउन खोजेको कुरामा असहमती जनाएका थिए । बृद्धको असहमती भएपछि गाँउपालिकाका अध्यक्ष कठायतले मदिरा सेवन गरी बृद्ध रोकायालाई तथानाम गाली गलौज गरी हातपात गर्न तयार भएपछि स्थानीयहरुले गाँउपालिकाका अध्यक्षलाई रोकेका थिए ।
‘गाँउको विचमा रहेको गोल घरमा केही स्थानीयहरु बसेका थियौ’ घटनाका प्रत्यक्ष दर्सि कलक रोकायाले भने । ‘अध्यक्ष ज्यु आएपछि एक्कासि पिरु रोकायालाई गाली गलौज र दुरव्यवहार गरेको देख्दा हामीलााई पनि दुख लाग्यो ।’ सामाजिक संजालमा भाईरल भएको भिडीयोमा गरेको कुराकानी सुन्दा अध्यक्ष कठायतले आफ्नो पदिय हैसीयतको दुरुपयोग गरी घमण्डी र पाखण्डी स्वभाव देखाएको प्रष्ट देखीएको स्थानीको बनाई छ
बृद्ध पिरु रोकायाका छोरा हरिचन्द्र रोकायाले गाँउपालिकाका अध्यक्षले आफ्नो बुबा प्रति गरेको ब्यवहार गैर कानुनी भएकाले सम्बन्धित निकायले यसको छानविन गर्नु पर्ने माग गरेका छन् । उनले भने ‘सार्वजनीक प्रयोगका लागी जग्गा आवश्यक भए बुबा र आफुहरु संग सर–सल्लाह गरेर जग्गा निशुल्क पनि उपलब्ध गराउन सकीन्छ तर अध्यक्षको यस्तो खालको दादागिरी र रबैयाले हामी सबैलाई चोट लागेको छ ।’
यस अघि पनि अध्यक्षको कार्यशैली र ब्यवहारले एक पटक कालो मुसो लगाएको थियो भने स्थानीयहरु संग पनि दुई तिन पटक यस्तै लफडा भएको थियो ।