बझाङ १७ साउन- बझाङको मष्टा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कठायतले सेवाग्राहीलाई अपाच्य शब्द प्रयोग गरी अभद्र व्यवहार गरेको भिडीयो सुदूरपत्रलाई प्राप्त भएको छ ।
अध्यक्ष कठायतले मदीरा सेवन गरी सेवाग्राहीलाई गाली गर्दै दुरव्यवहार गरेका छन् । उनले एक जना वृद्धलाई ‘तेरो बा हु म, राजा हु राजा के र्गछस’ लगाएतका शब्दहरु प्रयोग गरेका छन् ।