धनगढी १६ साउन
जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबारदेखी सबै सवारी पासहरु रद्ध गरेको छ । अन्तर जिल्ला आवागमनको लागी जारी गरीदै आएको सवारी पास लकडाउन खुली सकेको र सार्वजनिक सवारी साधनको लागी जारी नगर्न गृह मन्त्रालयबाट निर्देशन जारी भएकोले शुक्रबार देखी सवारी पास जारी नगरीने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
प्रशासनले आफै काजकिरिया बस्न जाने वा काजकिरिया सकेर घर फर्कने व्यक्ती, सरकारी अस्पतालबाट रेफर गरीएका सिकिस्त बिरामी, चालक र कुरुवा सहित ३ जनालाई अनुमती दिने छ ।
सरुवा भई रमना लिई हाजीर हुन जाने कर्मचारी र निजको परिवारलाई, हवाई टिकटमा नाम भएका र विदेश जानुपर्ने व्यक्तिलाई अनुमती दिने छ । सार्वजनि सवारी साधनलाई पास जारी नगरीने जानकारी गराएको छ । जिल्ला प्रशासनले लकडाउनको समयमा सवारी पास गर्दै आएको थियो ।
कसले पाउछ पास ? यस्तो छ सुची
