काठमाडौँ । लेस्टर सिटीका स्ट्राइकर जेम्स भार्डीले यस सिजनको इङलिश प्रिमियर लिगको गोल्डेन बुट जितेका छन् ।
३३ बर्षिय भार्डीले यस सिजनमा २३ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले आर्सनलका पिएरे एमरिक अउबामेयांग र साउथहम्पटनका डानी इन्ग्सलाई पछि पर्दै गोल्डेन बुट जितेका हुन् । अउबामेयांग र इन्ग्सले २२-२२ गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका रहिम स्टरलिङले २० गोल गरे भने लिभरपुलका मोहमद सलाहले १९ गोल गरेका थिए ।
भार्डीले गोल्डेन बुट जितेपनि अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडसँग २(० गोल अन्तरले पराजित भएपछि च्याम्पियन्स लिगमा छनौट हुन् असफल भएको छ ।
यस अघि भार्डीले सन २०१५(१६ मा लेस्टरलाई प्रिमियर लिग जिताउदा २४ गोल गरेपनि गोल्डेन बुट भने जित्न सकेका थिएनन् । त्यो सिजनमा ह्यारी केनले २५ गोल गर्दै गोल्डेन बुट जितेका थिए । भार्डीले यस सिजनमा केवल ३ खेल गुमाएका थिए । उनले लिगका ३५ खेल खेल्दै २३ गोल गरेका हुन् ।
भार्डी प्रिमियर लिगमा गोल्डेन बुट जित्ने तेस्रो इङल्याण्डका खेलाडी हुन् । यस अघि ह्यारी केन र केभिन फिलिपले प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए ।