बाजुरा, ११ साउन/ बाजुरा जिल्लाको बुढिगगां नगरपालिकामा शनीबार राती अज्ञात समुह भन्ने गुरुपको हातले लेखेको पर्चा समेत भेटिएको छ । पर्चामा केसी गुरुपको निशानामा पहिलो प्रहरी दोस्रोमा बुढिगंगा नगरपालिकाका मेयर लगायत अन्य जनप्रतिनीधी र तेस्रो निशानामा सोही नगरपालिकाका कर्मचारी लेखेको पर्चा भेटाएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन । सो पर्चा कसले कसरी फाल्यो भन्ने बिषयमाथप अनुसन्धन गरिरहेको प्रहरी निरीक्षक रोकायाले जानकारी दिए ।
बुढीगंगा नगरपालिकाको लेखा फाँटमा आगजनीगर्ने गुरुपले सोही ठाउँमा त्यो पर्चा फालेको फेला परेको प्रहरी निरीक्षक रोकायाले बताए । शनीबार राति बुढिगंगा नगरपालिकाको कार्यालयमा अज्ञात भनिएको केसी समुहको संग्लग्नतामा आगजनी गरिएको आसंका गरिएको प्रहरीको बुुझाई छ । आगलागिबाट झ्याल जलेको छ भने झ्याल नजिकैका फाईलहरु पनि जलेर नष्ट भएको बुढीगंगा नगरपािलकाका प्रमुख प्रशासकीय अधिकृत प्रमकाजी मर्हजनले बताए ।
विहान मोर्निङ्गवा बाट आउँदै थिए । स्टाफ पुर्णचन्द्र जैशीले भने सर नगरपालिकामा आगलागी भयो । तुरुन्त गरएर हेर्दा भरर्खआगो दन्कीनलागेको झ्यालमा राखेका फाइल जलेका थिए । तुुरुन्त आगो नियन्त्रणमा लियौं प्रमुुख प्रशासकीय अधिकृत मर्हजनले भने । पर्चा किन छरे ? र आगो किन लगाए कसले लगाए खुल्न सकेको छैन मर्हजनले भने ।