एजेन्सी – फरवार्डद्धय रोमेलु लुकाकु र एलेक्सिस सान्चेजले गोल गरेपछि इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा जिनोआमाथि सानदार जित निकालेको छ ।
इन्टरले घरेलु टोली जिनोआमाथि ३–० को सानदार जित हात पारेको हो । इन्टरको जितमा रोमेलु लुकाकुले दुई तथा एलेक्सिस सान्चेजले एक गोल गरे ।
जितसँगै दोस्रो स्थानमा उक्लिएको इन्टरले शीर्षस्थानको युभेन्टससँगको अंक दुरी ४ मा छोट्याउदै उपाधि जित्ने गणितीय सम्भावनालाई जीवितै राखेको छ । इन्टरको ३६ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको युभेन्टसको ८० अंक छ । तेस्रो स्थानको एटलान्टाको ७५ अंक छ । पराजित जिनोआ ३६ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।