बैतडी, १० साउन/टेक सिंह धामी/ बैतडीको सिगास गाउँपालिकां ८ स्थित लुपुडको चडेपानि सीम सिचाइ परियोजनाको निर्माण कार्य अलपत्र परेको छ। तत्कालीन गाउँ विकास समिति देखी हालसम्म उक्त ठाउँमा ५ योजना भन्दा बढी विनियोजन भइसकेका छन् ।
पहुचँको आधारमा सत्ता निकट नेता कार्यकर्ताहरुले योजना हाल्न लगाउने कामै नगरी भुक्तानि लिने गरेका छन् । काम नगरि लाखौ भ्रष्टाचार भएको र स्थानियले आफुहरुले काम गरेको ज्याला समेत नपाएको गुनासो गरेका छन् ।
बर्षौसम्म ज्याला नपाएपछि घरव्यवहार चलाउनै गाह्रो भएको स्थानियको गुनासो छ । योजनाका नक्कली बिल पेश गरेर भुक्तानि लिने र आफुहरुले श्रम गरेको ज्याला समेत नपाएको स्थानियले दुखेसो पोखेका छन् ।
गत आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेश सरकार मार्फत् ३० लाख लागतको बजेट मा अनियमितता देखिएको छ । उक्त सिचाइ योजनामा भ्रष्टाचार र कमिसन को खेल देखिएको छ । कार्यक्रताले आफुले योजना ल्याएको भन्दै लाखौ असुल्ने प्रवृति देखएिको छ ।
सिचाइ आयोजनाका उपभोक्ता समितिका अध्यक्ष पुर्ण बोहराले कुल ३० लाखको बजेटमा घटेर १५ लाख मात्र भुक्तानि भएको बताए । उनले १५ लाखमा ६ लाख रुपैयाँ स्थानीय नेता केशव बोहराले थप योजना हाल्दिन्छु भन्दै कमिसन मागेको बताए । उनले भने म माथि जनदबाब आयो ,न कुनै थप बजेट र योजना आयो न त कामदार को ज्याला दिन पैसानै पर्याप्त थियो । उनले भने मलाई सुनियोजित रुपमा फसाइयो, मेरो नाममा अख्तियारमा मुद्दा छ, म कहाँबाट त्यत्रो पैसा को जोहो गरौ उनले दुखेसो पोखे ।
यता केशब बोहराले आफुले ६ लाख रुपयाँ नलिएको दाबि गरेका छन् । २ लाख २० हजार लगेको र उक्त रकम फिर्ता गर्ने बताए ।