धनगढी,९ साउन/कैलालीमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । टिकापुर नगरपालिका १,३ र ४ वडाका ६ जना पुरुष र जानकी गाउँपालीकाका एक महिला र एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ४९ जनाको नमुना परीक्षण गरिएकोमा ८ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए। नयाँ सङ्क्रमितहरूमा ७ पुरुष र १ महिला छन् । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ८५ पुगेको छ।
कैलालीका थप ८ जनामा कोरोना पुष्टि
कैलालीका थप ८ जनामा कोरोना पुष्टि
