धनगढी, ९ साउन- नेपाली गित संगीतका चर्चित गायक बादल थापामगरको आवाजमा ‘आशु झर्दैन’ गित बजारमा आएको छ । उक्त गित गायक थापामगरले आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत बिहिबार सार्बजनिक गरेका हुन । हजारौं दर्शकहरुको माया बटुलेका थापाका दुई दर्जन भन्दा धेरै गित हरुले बजार अहिले पनि उतिकै तताइरहेका छन ।
सुदुरपश्चिम प्रदेशमा जन्मिएका गायक आफैंमा पृथक छन । एक्दमै सरल स्वभावका छन दर्शक हरुको माया र सुझावहरुको शिरोधार्य गर्दै आएका छन् ।
भर्खरै मात्र सार्बजनिक भएको ‘आशुँ झर्दैन’ गितमा गायक बादल थापा मगरको स्वर रहेको छ त्यस्तै संगीत र शब्द पनि उनको आफ्नै रहेका छन । बादल थापालाई अभिनयमा अस्वीन लामिछाने र मुकेश चाम्लिङ राईले साथ दिएका छन। गायक थापा मगरले केहि हिन्दी गितहरुमा आवाज समेत दिइसकेका छन् ।