सुर्खेत
कर्णालीमा (कोभिड १९) कोराना भाइरस समुदाय स्तरमै भेटिन थालेको छ । बुधवार मात्रै दैलेखको एक गाउँपालिकामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाको ठाटीकाँध गाउँपालिकाका १६ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकाको क्वारेन्टाइन र आइसोलेशनका क्षेत्र वरिपरि रहेका व्यापारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
बुधवार कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष, शिक्षक, व्यापारी, विद्यार्थी र कृषक रहेका छन् । उनिहरु सबै आइसोलेशनको क्षेत्र वरिपरीका बासिन्दाहरु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र भण्डारीले जानकारी लिए ।
उनका अनुसार बुधवार कोरोना भाइरस संक्रमण देखिएका २ जना महिला र १४ जना पुरुष रहेका छन् ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्शन थीर प्रसाद रेग्मीका अनुसार कोरोना संक्रमण देखिएका ठाटीकाँध गाउँपालिकाका ३२, ६०, १४, २१, ४०, ४१, ४४, ५३, ५६, २५, २७, ३४, ३५, ४२ उमेर समुहका पुरुषहरु रहेका छन् भने, २७, ३० बर्षीया महिला रहेका छन् ।
कोरोना संक्रमण पुष्टि भएका मध्य धेरै ठाटीकाँध बजारका व्यापारीहरु रहेको । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
पछिल्लो समयमा दैलेखमा सबैभन्दा बडि कोरोना संक्रमण देखिएको थियो । दैलेखमा कोरोना व्यावस्थापन गर्न नसक्नुको कारणले नै कोरोना यसरी समुदाय स्तरमा देखिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।