धनगढी, ७ साउन/सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल सहित १० जनाको टोलीलाई लक्षित गरी नेत्र विक्रम चन्द ‘विप्वव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी समुहले बाटोमा संकास्पद बस्तु राखेका छन् ।
बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ मा सामान्य भेटघाटका लागि जाँदैगर्दा वडा नम्बर १ र ५ को सिमाना खेतीगाड भन्ने ठाउँमा संकास्पद बस्तु राखेको घटना स्थलबाट सांसद देवकी मल्लले बताइन।
बिच सडकमा पर्खाल लगाएर राखिएकोे उक्त संकास्पद बस्तु बम हुनसक्ने उनले आशंका गरेकी छन् । संकास्पद बस्तुमा कार्यक्रममा जान नपाइने समेत लेखिएको बुझिएको छ ।
प्रदेशसभा सदस्य मल्लका अनुसार आफुसहित १० जनाको टोली सुरक्षित रहेका छन् । अहिले जिल्लाबाट घटना स्थलतर्फ नेपाली सेनाका मेजर तारा खड्काको नेतृत्वमा टोली हिडेको छ। सासंद मल्ललाई यसअघि पनि विप्लव समुहले अपहरण गरेका थिए ।
प्रदेश सांसद मल्ल सहित १० जनाको टोलीलाई लक्षित गरी विप्लव समुहले राख्यो बम
प्रदेश सांसद मल्ल सहित १० जनाको टोलीलाई लक्षित गरी विप्लव समुहले राख्यो बम