• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अवैध मोबाइल बिक्री गर्नेलाई कालो सूचीमा राखिने

काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एसोसियसन र नेपाल मोबाइल वितरक संघले संयुक्त रुपमा अवैध मोबाइल बिक्री गर्ने बिक्रेतालाई कालो सूचीमा राख्ने भएका छन् । मोबाइल फोनको अनधिकृत तथा अवैध कारोबार खुल्ला रुपमा बढेको भन्दै त्यस्तो कारोबारलाई निरुत्साहित गर्न यस्तो कदम चालिएको हो ।

संयुक्त रुपमा जारी विज्ञप्तिमा साउन १ गतेबाट मोबाइल फोन इम्पोटर्स एसोसियसनका सदस्यहरुसँग आवद्ध सबै बक्रेताहरुलाई अनाधिकृत तथा अवैध मोबाइल फोनको खरिद तथा बिक्री नगर्न अनुरोध गरिएको छ । यस विपरित कुनै बिक्रेताबाट अनधिकृत तथा अवैध मोबाइल फोनको खरिद तथा बिक्रीको प्रमाण फेला परेमा त्यसमा संलग्न बिक्रेतालाई एक पटकका लागि सचेत गराइने बताइएको छ ।

त्यस पश्चात दोस्रो पटक समेत कुनै बिक्रेताबाट त्यस किसिमको कारोबार भएको पाइएमा संलग्न फर्म तथा बिक्रेतासँग मोबाइल फोन इम्पोटर्स एसोसियसनका कुनै पनि सदस्यले कारोबार तथा व्यापारिक सम्बन्ध राख्ने छैनन् । साथै त्यस्ता बिक्रेतालाई एसोसियसनबाट जारी गरिने कालो सूचीमा समावेश गर्न समेत सिफारिस गरिने विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कालो सूचीमा सूचीकृत फर्म तथा बिक्रेतासँग यस एसोसियसनका कुनै पनि सदस्यले आफू अथवा क्षेत्रीय वितरक वा अरु कुनै माध्यमबाट कारोबार गर्ने छैनन् ।’

यसका साथै सम्बन्धित सरकारी नियामक निकायमा आवश्यक कानूनी कारबाहीका लागि सूचित समेत गरिने भन्दै दुवै संगठनले यो अभियानमा साथ दिन सबै ग्राहक, सरकारी निकाय र व्यवसायीहरुलाई अनुरोध गरिएको छ ।

मोबाइल फोन इम्पोटर्स एसोसिएसन नेपालमा बिभिन्न ब्राण्डका मोबाइल फोन आयातकर्ताहरुको छाता संगठन हो भने मोबाइल वितरक संघ देशका विभिन्न क्षेत्रमा मोबाइ फोनको बिक्री वितरण गर्दै आएको क्षेत्रीय वितरकहरुको छाता संगठन हो ।
टेकपाना अनलाईनबाट

बुधबार, साउन ०७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.