काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याउने एक हजारको नयाँ नोटमा दुई हात्तीको चित्र राखिने भएको छ । उक्त नयाँ नोट पुरानै आकार तथा रंगमा हुनेछन् तर एउटा हात्तीको चित्र भएको ठाउँमा दुईवटा हात्ती रहने जनाइएको छ ।
नोटमा राम र लक्ष्मण भनि चिनिने दुर्लभ दुईवटा जुम्ल्याहा हात्तीको चित्र रहने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यही साउन ७ गतेदेखि यी नयाँ नोट चलनचल्तीमा ल्याउने भएको हो । यी नोट ज/६८०००००१ देखि ट/१००९९९९९९ सिरिजका हुनेछन् ।
नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र रहने छ । नोटको दायाँतर्फ लालीगुराँस र एक हजार दरको नोट जनाउने अंग्रेजी अंकको पानीछाप रहने जनाइएको छ ।
नोटको दायाँतर्फ तल्लो भागमा फरक क्षमता भएका ९दृष्टिविहीन० व्यक्तिहरुले छामेर नोट पहिचान गर्नसक्ने गरी एक हजार अंक जनाउने रोमन अक्षर राखिने जनाइएको छ ।