काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वार्टफोर्डविरुद्ध फराकिलो जित निकालेको छ। सिटीले वाट्फोर्डलाई ४–० गोल अन्तरले पाखा लगाएको हो।
वाट्फोर्डको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई तथा फिल फोडेन र एम्रिक लापोर्टेले एक एक गोल गरे। जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ। र, सिटीले च्याम्पियन तथा लिग लिडर लिभरपुलसँगको अंक दुरी समेत घटाएको छ। सिटी लिभरपुल भन्दा १५ अंकले पछि रहेको छ। लिभरपुलको ९३ अंक रहेको छ।
१७ औँ स्थानमा रहेको वाट्फोर्डको ३४ अंक रहेको छ। यस्तै आज विहान सकिएको निकै प्रतिस्पर्धात्मक खेलमा एस्टन भिल्लाले आर्सनललाई १–० गोलले पन्छायो।