कैलाली स्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ । नगरपालिकाको स्कारपियो गाडीमा रातिको समयमा अज्ञात समुहद्धारा आगजनी गरिएको हो ।
घरको कम्पाउड भित्र पार्किङ गरि राखिएको से १ झ २४१ नं को गाडिमा अज्ञात समुहद्बारा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
सो गाडी उपप्रमुखले प्रयोग गर्दै आइरहेकी थिइन् । आगलागी बाट गाडीको पछाडी पट्टीको भाग जलेको छ । संगै नगर प्रमुख चढ्ने गाडी रहेपनि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउदा अर्को गाडीमा कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ ।