• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

साँफे–मार्तडी सडक बन्द, बूढीगङ्गाका चार गाउँ विस्थापित

बाजुरा । लगातारको वर्षाका कारण साँफे–मार्तडी सडकअन्तर्गत धेरै ठाउँमा पहिरो आएर सोमबारदेखि यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्लाका अधिकांश बस्ती पहिरो र बाढीको उच्च जोखिममा छन् । अविरल वर्षाका कारणले गर्दा गोरेटो बाटो हुँदै पक्की सडक र ग्रामीण सडक अवरुद्ध बनेका छन् ।

बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका–१ र २ वडाका बस्ती पहिराका कारण विस्थापित भएका छन् । सोही नगरपालिका–१ मा पर्ने कुँडी र अम्कोट तथा २ वडामा पर्ने बजेडी, नडाङ, मुस्तोला, ताप्रीसेरालगायत बस्ती विस्थापित भएका छन् । आइतबार आएको अविरल वर्षात्ले नडाङ खेतकोटबाट बग्ने पानीमूल र ठाडो खोलाबाट मिसिएको घट्टेखोलाको बाढीले सोही दुई वडाका ताँप्रीसेरा, मुसी र खर्राकाखेतीयोग्य जमीन बगरमा परिणत भएको २ का वडाध्यक्ष हिरालाल थापाले बताए ।

गए राति आएको अविरल वर्षाका कारण बजेडीका ६ परिवारका घर माथिबाट पहिरो आएपछि चर्किएकाले विस्थापित भई छिमेकीका घरमा सरेको स्थानीय अगुवा खड्कराज जोशीले बताए । पहिराले पूरै गाउँ जोखिममा छ । लामो समयदेखि आएको पहिरो र बजेडीमा पानी परेपछि स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका छन् । पानी आएका बेला गाउँमा भेला भएर बालबालिकालाई काखमा च्याप्दै मानिस जाग्राम बस्ने गरेको स्थानीयवासी गमे ल्वारले बताए ।

यसैगरी सोही वडा नडाङका १० परिवार घर चर्किएपछि शिवशङ्कर प्राथमिक विद्यालयमा बसेका छन् । घरमाथिबाट पहिरो आएपछि स्थानीयवासी त्रसित बनेका छन् । अविरल वर्षाका कारण बाढी र पहिराले वितण्डा मच्चाएको छ । खेतीयोग्य जमीन बगाएर लगेको छ भने लगाइएको खेती पहिराले पुरिएको अवस्था छ । ताँप्रीसेरा बजारभित्रै बाढी पसेर लाखौँको क्षति भएको छ । घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका व्यापारी गोपाल थापाको पसल बगाएर लाखौँको क्षति भएको छ । बाढी पसलभित्र छिरेपछि आफू भागेर बचेको र पसल पूरै बगाएको स्थानीयवासी व्याापारी गोपाल थापाले बताए ।

वर्षासँगै आएको बाढीले साँफे–मार्तडी सडकखण्डको घट्टेखोलामा निर्माण भएको पक्की पुल बगाएको छ । खोलाले बगाएर ल्याएका ढुङ्गामुढा पुलमा अड्किएपछि बाढी ताँप्रीसेरा बजार पसेको स्थानीयवासी आशा थापाले बताए । महिनादिनको धानखेती बगरमा परिणत भएको स्थानीय रमेश थापाले बताए । पक्की पुल बगाउँदा यातायात ठप्प भएको छ । गए राति आएको बाढीले बूढीगङ्गा नगरपालिकामा ठूलो क्षति भएको खबर आएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।

खहरे खोलाले बगायो पुल

बाजुरा खण्डको साँफे–मार्तडी सडकअन्तर्गत जिल्लाको बूढीगङ्गा–२ ताँप्रीसेरामा रहेको पक्की पुल खोलाले बगाएको छ । गए राति परेको अविरल वर्षासँगै घट्टेखोलामा आएको बाढीका कारण उक्त पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साँफे–मार्तडी सडकअन्तर्गत धेरै ठाउँमा पहिरो आएर सोमबारदेखि यातायात पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख भट्टराईको भनाइ छ । पुलसँगै अमकोटमा पहिरो आएर दुई हप्तादेखि सडक अवरूद्ध भएको छ ।

सोमबार, साउन ०५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.