धनगढी, ५ साउन- साउन महादेव शिबको महिना । साउन महिनामा बिभिन्न शिवालयमा धर्मालम्बीको घुईचो लागेको छ । तर, यस बर्ष कोरोनाका कारण धेरै मेला पर्व सुनसान नै भएका थिए । सरकारले लकडाउनलाई खुकुलो भएसंगै जनतामा त्रास पनि घटेको देखिन्छ । धेरै भिभाड नगर्न सरकारले नीति लिएको छ आज पहिलो सोमबार भएका कारण धनगढी वडा नम्बर १६को बेहडाबाबा मन्दीरमा दर्शकको थेगिनसक्नु भिडिभाड भईरहेको धनगढी उपमहानरपालिका १६ रामपुरका राजेन्द्र बमले जानकारी दिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रामपुरमा अवस्थित बेहडाबाबा मन्दिरमा वार्षिक लाखौं दर्शनार्थी तथा हजारौं भारतीय पर्यटक आउने गर्दछन् । यसपाली भने गंगादशहराको मेला पनि स्थगित भयो । सोमबार बेहडाबाबा मन्दिरमा महिला तथा अरु दर्शन गर्नेको भिडभाड पनि धेरै भयो । मन्दिर व्यबस्थापनले पनि भौतिक दुरी तथा कोरोनाको जोखिमको साबधानी कुनै देखिएन । कसैलाई रोक्न सकिएन पुजाआजा गर्नेको भिडभाड लागि भएको वेहडाबाबा मन्दिर व्यबस्थापन समितिका सचिव पदमराज जोशीले बताए ।
रामपुर गाउँस्थित जंगलकिनारमा अवस्थित बेहडाबाबा मन्दिर परिसरमा माघ, फागुन, चैत र जेठ महिनामा मेला लाग्ने गर्दछ । गंगादशहरा मेला, माघि पर्व, माघि औशी, चैते औशी, बेहेडाबाबाका मुख्य मेला हन् । त्यहा यसरी भिडभाड हुदा कोरोनाको जोखिमको निकै खतरा भएकोले सबै पक्षले सचेतना अपनाउनु पर्ने देखिएको धनगढी उपमहानरपालिका २का धर्मराज जोशीले बताए । बेहेडाबाबा सबैको आस्थाको केन्द्र भएकोले यहा आउने दर्शनार्थीलाई कोरोनाको त्रासले पनि छेक्न नसकेको धनगढी ७ देबहरियाका देबबहादुर सेटीले बताए ।