गएराती सम्पन्न सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा छ । आर्सनलको जितमा पिएर्रे एमेरिक अउबामेयांगले दुवै गोल गरेका थिए ।
अउबामेयांगले खेलको १९औँ र ७१औँ मिनेटमा गोल गरेसँगै आर्सनल एफए कपको फाइनलमा पुगेको हो । योसँगै आर्सनल योसहित २१औँ पटक एफए कपको फाइनलमा पुगेको छ । आर्सनल अहिलेसम्म सबै भन्दा धेरै १३ पटक एफए कपको उपाधि जितेको छ ।
अब आर्सनलले आज हुने चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि अगस्ट १ मा फाइनल खेल्ने छ ।
