काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना ओसासुनासँग २(१ गोल अन्तरले पराजित भएको हो ।
ओसासुनाका लागि जोसे अर्नैज र रोबेर्टो टोरेजले एक एक गोल गरेका थिए । भने बार्सिलोनाका लागि लियोनेल मेसीले एक गोल गरेका थिए ।
टोरेजले १(१ गोलको अवस्थामा खेलको ९० मिनेटपछिको इन्जुरी समय ९९४औन्० मिनेटमा गोल गर्दै ओसासुनालाई विजयी बनाएका थिए ।त्यस्तै यस खेलमा खेलको ७७औ मिनेटमा ओसासुनाका इनरिक गल्लेगोले रातो कार्ड पाएर मैदान छोडेपछि ओसासुना १० खेलाडीमा सिमित भएको थियो ।
योसँगै बार्सिलोनाको यस सिजन उपाधि बिना नै सकिएको छ । अन्तिम एक खेल खेल्न बाँकी हुदै रियल म्याड्रिडले उपाधि जितेको छ भने बार्सिलोनाले दोस्रो स्थानमा चित्त बुझाएको छ ।
बार्सिलोनाको ३७ खेलपछि ७९ अंक छ भने यो जितपछि ओसासुनाको ३७ खेलमा ५१ अंक भएको छ र लिगको ११औ स्थानमा उक्लिएको छ ।
अब बार्सिलोनाले यस सिजनको अन्तिम खेल आइतबार राति डिपोर्टिभो आल्भेजसँग खेल्ने छ ।