• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्राविधिक क्षेत्रका कर्मचारी बढी भ्रष्ट, एक महिनामा ८ विरुद्ध २५ करोडको भ्रष्टाचार मुद्दा

"पैसा लुकाउन घरजग्गा खरिददेखि शेयरमा लगानीसम्म "

काठमाडौं । अख्तियारले एक महिनाको अबधिमा विशेष अदालतमा मुद्दा दर्ता गरेको मध्य विशेष गरी प्राविधिक क्षेत्रमा काम गर्ने कर्मचारी बढी भ्रष्ट रहेको पाइएको छ । अख्तियारले गत जेठ २७ गतेदेखि यही असार २५ गतेसम्म प्राविधिक क्षेत्रका ८ कर्मचारी विरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर गरेको छ ।

उनीहरुले कूल २५ करोड ५ लाख ९२ हजार १३७ बराबर स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको पाइएको छ । धेरैले सरकारी पदको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति कमाएको देखिन्छ । प्राविधिक क्षेत्रका कर्मचारीले अवैध कोटेशन तयार पार्ने, आयोजनाको शुरुवातदेखि अन्तिममा बिल फर फारक गर्ने समयमा समेत उनीहरुले घुस लिने गरेको देखिन्छ । अख्तियारले स्रोत देखाउन पटक पटक आग्रह गर्दा समेत उनीहरुले स्रोत खुलाउन नसकेको समेत अध्ययनबाट देखिन्छ । विशेष गरी प्राविधिक कर्मचारीले नक्कली कागजात बनाउन आफै लगाउने र सो वापत पैसा माग गरेको पाइएको छ । अख्तियारले अकूत सम्पत्ति कमाएको अभियोग लागेका सिनियर डिभिजनल इन्जिनियर तथा प्राविधिक कर्मचारीको आफन्त, नाता गोताको समेत सम्पत्ति छानबिन गरेको छ ।

यस्तै साली नाता पर्ने भन्दै कुनै साइनो तथा सम्बन्ध नै नभएका व्यक्तिको नाममा समेत अवैध तरिकाले कमाएको पेसा राखेको पाइएको छ । वैध रुपमा गरेको आम्दानीको तुलनामा उनीहरुले गरेको खर्च तथा सम्पत्तिको स्रोत समेत देखाउन नसकेका कारण अख्तियारले ती कर्मचारीको सम्पत्ति अवैध रहेको ठहर गरेको छ । अख्तियारले गत जेठ २७ गते नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्ले विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काफ्ले विरुद्ध ५ करोड ४३ लाख २७ हजार बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।

अख्तियारले असार २५ गते सडक विभाग अन्तर्गत हाल मध्यपहाडी पश्चिम लोकमार्ग सडक आयोजना तुल्सीपुरमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र शाक्य विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । शाक्यले पदको दुरुपयोग गरी २ करोड २५ लाख चार लाख १० हजार बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ । शाक्यले १०५ वटा नक्ककली कोटेशन बनाई भ्रष्टाचार गरेको पाइएको छ । शाक्यले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको र आफू लगायत श्रीमती मिथिला शाक्यका नाममा जग्गा खरिद तथा बैंक वित्तीय संस्थाहरूमा नगद जम्मा, छोरीहरू ज्योत्सना शाक्य र उन्नती शाक्यको नाममा सम्पत्ति जोडेको छ ।

अवैध रुमपा आर्जन गरेको पैसाले विदेश तथा स्वदेशमा अध्ययनमा खर्च, शेयर खरिद, सवारी साधन खरिद, बैंकमा मुद्दति खाता खोली रकम जम्मा गरेको पाइएको छ । त्यस्तै, अख्तियारले खानेपानी तथा ढल व्यवस्थापन विभाग क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालयका नेपालगन्जका सिनियर डिभिजनल इन्जिनियर पूर्णप्रसाद उपाध्याय विरुद्ध मुद्दा दायर गर्यो । उनीह विरुद्ध ३ करोड १० लाख २७ हजार १५३ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।

अख्तियारले असार २२ गते भौतिक पूर्वाधार तथायातायात मन्त्रालय मातहतको सडक विभागका तत्कालीन सुपरिटेन्डन्ट इन्जिनियर चन्द्रनारायण यादव विरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर गर्यो । अख्तियारले उनी विरुद्ध १ करोड ८५ लाख ११ हजार ७२८ बराबरको अवैध सम्पत्ति कमाएको अभियोग लगाइ मुद्दा दायर गरेको छ । अख्तियारले यही असार २१ गते नेपाल बैंक लिमिटेड डिल्लीबजारका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइराला विरुद्ध ५४ लाख ८४ हजार ४५ बराबरको आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दायर गर्यो । असार १९ गते सडक विभागका गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाटका इन्जिनियर भरतराज आचार्य विरुद्ध ३ करोड २१ लाख ६२ हजार ४८० बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्यो ।

असार १६ गते अख्तियारले नेपाल विद्युत् प्राधिकरणका अवकाश प्राप्त फोरमेन टहलबहादुर कार्की विरुद्ध १ करोड ९ लाख ८७ हजार ६५८ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्यो । असार १६ गते नै खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरीका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्य विरुद्ध १० करोड ७७ लाख ५० हजार ४५३ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियारले दायर गरेको मुद्दाको प्रकृति हेर्दा अधिकाशंले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति विभिन्न कम्पनीको सेयर खरीदमा प्रयोग गरेको पाइएको छ । यस्तै, धेरै जसोले सवारी साधन तथा घर जग्गा खरीदमा गैरकानूनी रुपमा आर्जन गरेको रकम खर्च गरेको पाइएको छ । सरकारी सेवामा प्रवेश गरेदेखि जाँच अवधिसम्मको गणना गर्दा अधिकाशले श्रीमती, छोरा छोरी र सालीको नाममा समेत कारोबार गरेको, घर जग्गा खरीद एवम् सेयरमा लगानी गरेको देखिएको छ । उनीहरुले अवैध रुपमा कमाएको पैसा आफ्नो नाममा भन्दा पनि आफन्तको नाममा राखेको पाइएको छ ।

 

सोमबार, असार २९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.