एजेन्सी । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले चीनमा नोवेल कोरोनाभाइरस ९कोभिड–१९०को स्रोत पत्ता लगाउनका लागि विशेषज्ञको एक टोली पठाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, विशेषज्ञको टोलीमा दुई सदस्य छन् र उनीहरु चीनका वैज्ञानिकसँग मिलेर काम गर्नेछन् । चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोभिड–१९ बाट हालसम्म ज्यान गुमाउने संख्या ५ लाख ५९ हजार ५५२ घाडिसकेको छ । त्यस्तै यसबाट संक्रमित हुनेको संख्या एक करोड २४ लाख ६५ हजारभन्दा बढी पुगिसकेको छ । गत वर्षको अत्यतिर डिसेम्बरको अन्तिम साताबाट संक्रमण देखिएको कोभिड–१९ भाइरसको उत्पतिलाई लिएर चीनमाथि विभिन्न देशहरुले प्रश्न उठाउँदै आएका छन् ।
अमेरिकाले वुहानको एक प्रयोगशालामा चीनले नै भाइरस उत्पति गराएको आरोप लगाउँदै आएको छ भने अमेरिकी सेनाले जैविक हतियारको रुपमा चीनमा भाइरस छोडेको चीनले आरोप लगाउँदै आएको छ ।
अष्ट्रेलिया र केही युरोपेली देशहरुले भने चीनमा कोभिड–१९ भाइरसको उत्पतिलाई लिएर निष्पक्ष जाँच गरिनुपर्नेमा जोड दिँदै आएका छन् । यसैअनुसार चीनले निष्पक्ष जाँचका लागि डब्लुएचओलाई सघाउने बताएको थियो ।
