भोज मन्नी
मसुरिया २६ असार- ईन्जिनियरले मापदण्ड अनुसारको ईस्टीमेट नबनाएपछि कैलालीको गौरीगंगा बैढैपुरमा भरर्खरै बन्न लागेको नाली भत्कीएको छ । असार २५ गते राती आएकोअबिरल बर्षाले गौरीगंगा नगरपालिका वडा न ८ वढैपुर बजारमा भर्खरै बन्न लागेको नाली भत्केको हो ।
भर्खरै बन्न लागेको बढैपुर कैलाशपुर सडकमा ८४ मिटर नालीमा पानी निकास हुने पाइप नराक्दा नाली भत्केको बढैपुर कैलाशपुर वाटो मर्मत उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र गिरीले सुदूरपत्रलाई वताए ।
बजारमा नाली बनाउदा किनारातिर पानी निकास हुने पाइप लगाउनुपर्ने भएपनी नगरपालिकाको इन्जिनियरको इस्टीमेटमा नएभएका कारण पानी निकास हुने पाइप नबनाएको अध्यक्ष गिरीले वताए । बजारका व्यापारीले कुव सिंह बमले २ ठाउमा आफै पाइप हालेको ठाउँमा नभत्केको वताए । नगरपालिकाको मापदण्ड अनुसार इन्जिनियरले इस्टीमेट नवनाएका कारण सो नाली भत्किएको बजारवासीको वताए ।