अल्पसंख्यक युगुर मुसलमान समुदायमाथि मानवअधिकार उल्लंघनमा संलग्न भएको अभियोगमा अमेरिकाले थप चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओ र अरु तीन अधिकारीमाथि अमेरिकाले पछिल्लो पटक प्रतिबन्ध लगाएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य समेत रहेका चेन अमेरिकाको प्रतिबन्ध खेप्ने चीनका अहिलेसम्मका उच्च अधिकारी हुन् । युगुर मुसलमानमाथि भइरहेको ज्यादतीको योजनाकार चेन रहेको अमेरिकाले दाबी गरेको छ ।
यसअघि चीनले युगुर मुसलमान समुदायको जनसंख्या सीमित गर्नका लागि चीनले शिन्जियाङ्गका महिलाहरुलाई बन्ध्याकरण गर्न वा गर्भनिरोधक साधन लगाउन बाध्य पारिएको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो ।
युगुर मुस्लिमलाई डिटेन्सन सेन्टरमा राखेको भन्दै अन्तर्राष्ट्रिय समुदाले यसअघिदेखि नै चीनको आलोचना गर्दै आएका छन् ।
युगुरसहितका आदिवासीमाथिको ज्यादतीलाई लिएर संयुक्त राष्ट्रसंघले समेत चासो र चिन्ता व्यक्त गर्दै आएको छ ।
तर चीनले भने आफूले कुनै किसिमको ज्यादती नगरेको दाबी गर्ने गरेको छ।