काठमाडौँ, । स्पेनिस लिग लालिगामा एट्लेटिको मड्रिडलाई सेल्टा भिगोले एकएक गोलको बराबरी रोक्न सफल भएको छ । खेलको पहिलो मिनेटमा नै अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४९ औँ मिनेटमा सेल्टा भिगोका फ्रान बेलट्रानले बराबरी गोल फर्काए । यो बराबरीसँगै लिगको तेस्रो स्थानमा रहेको एट्लेटिकोको ३५ खेलमा ६३ अंक भएको छ । त्यस्तै लिगको १५ औँ स्थानमा रहेको सेल्टा भिगोको ३६ अंक रहेको छ ।