धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशवाट १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा सहभागी भएर पदक विजेता ३८ खेलाडीलाई पुरस्कृत गरेको छ । सरकारले समारोहका वीच सम्मानीत गर्दै पुरस्कृत गर्ने कार्यक्रम विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण आयोजना गर्न सम्भव नभएपछि खेलाडीको बैंक खातामा पुरस्कार रकम पठाएको हो ।
प्रदेश सरकारले मंगलबार ३८ जना खेलाडीको बैंक खातामा रकम पठाएको राष्ट्रिय तथा अन्तराट्रिय खेलाडी संघ सुदूरपश्चिमका अध्यक्ष प्रकास कुमार चन्दले बताए । चालु आर्थिक वर्ष सकिनै लागेको र छिट्टै महामारी न्यूनीकरण हुने संकेत नदेखिएकाले प्रदेश सरकारले खेलाडीको बैंक खातामै रकम पठाउने निर्णय गरेको थियो । प्रदेश सकारले रकम पठाउन बाँकी रहेका खेलाडीहरुलाई चाँडै सम्पर्क गर्न चन्दले सुदूरपश्चिम प्रदेशका पदक धारी खेलाडीलाई अनुरोध गरेका छन् ।
दुई वा दुईभन्दा बढी स्वर्ण पदक विजेता खेलाडीलले जनही २ लाख, एक स्वर्ण जित्ने खेलाडीलाई १ लाख ५० हजार, रजत विजेता खेलाडीलाई १ लाख र कास्य पदक विजेता खेलाडीलाई ७५ हजार नगद प्रप्त गरेका छन् । चन्दले निशा रावल र गौरिका सिंहको नागरिकता सुदूरपश्चिमबाट नभएकाले दिने नदिने भन्ने विषयमा अन्योल भएको बताइएको छ ।
गत पुस १ गते बसेको मन्त्री परिषद्को बैठकले सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद्को बैठकले सागमा१३ औं सागमा नेपालले हालसम्मकै सर्वाधिक ५१ स्वर्ण जित्दा सुदूरपश्चिमका खेलाडीले मात्र १२ स्वर्ण जितेका थिए । त्यस्तै २९ रजत र २५ कास्य पदक जितेको थिए ।