• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अहिलेको कोरोना भाइरस धेरैमा फैलिन्छ, कम बिरामी पार्छ

सिएनएन
विश्वव्यापी रूपमा गरिएको एक अध्ययनले अमेरिकामा नयाँ खालको कोरोना भाइरस फैलिएको बलियो प्रमाण फेला पारेको छ।

युरोपबाट अमेरिका प्रवेश गरेको यो नयाँ कोरोना भाइरस पहिलेको तुलनामा बढी संक्रामक भए पनि कम हानिकारक रहेको अनुसन्धाताहरूको टोलीले उल्लेख गरेको छ। भन्नुको मतलब, यसले पहिलेभन्दा धेरैलाई संक्रमण गर्न सक्छ, तर संक्रमित व्यक्ति बिरामी पर्ने सम्भावना कम हुन्छ।

वैज्ञानिक जर्नल ‘सेल’ मा प्रकाशित अध्ययनअनुसार पछिल्लो समय यही परिवर्तित स्वरूपको कोरोना भाइरस बढी फेला परेको छ। यसले एउटा प्रश्न जन्माएको छ– कोरोनाविरुद्ध अनुसन्धान क्रममा रहेको खोप परिवर्तित स्वरूपको भाइरसमा प्रभावकारी हुन्छ कि हुँदैन ?

कोरोनाविरुद्ध खोप बनाइरहेका अधिकांश अनुसन्धान संस्थाहरूले पुरानो स्वरूपको भाइरसको नमूनालाई आधार मानेका थिए। खोप बनिसकेपछि नयाँ खालको भाइरस रोक्न प्रभावकारी साबित हुन्छ कि हुँदैन भन्नेमा अनुसन्धाताहरूले शंका व्यक्त गरेका छन्।

वैज्ञानिकहरूले नयाँ खालको भाइरसलाई ‘जी६१४’ नाम दिएका छन्। यसले युरोप र अमेरिकामा फैलिएको पुरानो स्वरुप ९डी६१४० लाई लगभग प्रतिस्थापन गरिसकेको वैज्ञानिकहरूको भनाइ छ।

‘संसारभरिको कोरोना संक्रमण तथ्यांक केलाउँदा हामीले पुरानोभन्दा नयाँ स्वरूपको भाइरस तीव्र गतिले फैलिएको पायौं,’ अनुसन्धानमा संलग्न जैविक वैज्ञानिक बेट्टे कोर्बरले जर्नलमा लेखेका छन्, ‘नयाँ भाइरस पहिलेको दाँजोमा बढी संक्रामक रहेको हाम्रो निष्कर्ष छ।’

‘तर, यसले संक्रमित व्यक्तिलाई पहिलेजस्तो थला पर्ने गरी बिरामी पारेको भेटिएको छैन,’ उनले भने।

यस आधारमा वैज्ञानिकहरू के अनुमानमा पुगेका छन् भने, कोभिड–१९ जति फैलिँदै जान्छ, यो कम भयानक हुँदै जानेछ। संक्रमित व्यक्तिको संख्या बढ्दै गए पनि गम्भीर रूपले बिरामी हुने वा मृत्युको मुखसम्म पुग्ने सम्भावना कम हुन्छ।

उनीहरूका अनुसार नयाँ स्वरूपको कोरोना भाइरस मान्छेको माथिल्लो श्वासप्रश्वास प्रणालीमा तीव्र गतिले वृद्धि हुने गरेको पाइएको छ। यसमा नाक, घाँटी लगायत भाग पर्छन्। त्यही भएर यो भाइरसले धेरै जनालाई संक्रमित पार्न सक्छ।

अनुसन्धान टोलीले युरोप र अमेरिकाभरिका विभिन्न कोरोना बिरामीको नमूना संकलन गरी यो निष्कर्ष निकालेको हो। अनुसन्धाताहरूले पहिले र अहिलेको भाइरस संक्रमणको प्रवृत्ति विश्लेषण गरेका थिए।

उक्त अनुसन्धानअनुसार, जति बेला बेलायत र अमेरिकामा पहिलो चरणको महामारी फैलिएको थियो, त्यति बेला त्यहाँका सबै ठाउँमा ‘डी६१४’ भनिने पुरानो स्वरूपको भाइरस देखिएको थियो। कतै पनि ‘जी६१४ भनिने’ नयाँ खालको भाइरसको उपस्थिति थिएन। विस्तारै युरोपेली सहरहरूमा कोरोना भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको पाइयो।

सन् २०२० मार्च १ अघिसम्म युरोपभित्र मात्र नयाँ खालको कोरोना भाइरस देखियो। युरोपबाहेक अन्य मुलुकमा यसको उपस्थिति अत्यन्तै कम थियो। मार्च अन्त्यपछि भने संसारभरि यो खालको भाइरसको उपस्थिति ह्वात्तै बढ्यो।

बेलायतको अस्पतालमा भर्ना भएका हजार जना कोरोना बिरामीको नमूना परीक्षण गर्दा उनीहरूमा संक्रमणको असर सामान्य देखिएको छ। पहिलेको दाँजोमा यो भाइरसले बिरामीलाई त्यति गम्भीर असर पारेको छैन।

यसमा केही अपवाद भने छन्। क्यालिफोर्निया, आइसल्यान्ड लगायत केही ठाउँमा अहिले पनि पुरानो स्वरूपको कोरोना भाइरसलाई नयाँ स्वरूपले प्रतिस्थापन गरेको छैन।

मङ्गलबार, असार २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.