• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

क्यालिफोर्नियामा फैलिँदो घृणा : एसियालीविरूद्ध तीन महिनामा ८३२ वटा दुर्व्यवहारका घटना

ट्राइब्युन न्यूज सर्भिस : 

डोनालिन फेर्रर परिवारसहित मास्क लगाएर ओसनसाइड टहलिन निस्किएकी थिइन्। एउटा कार नजिकै आएर रोकियो। भित्रबाट एक महिला चिच्याइन्,“तिमीले कोरोना सुरू गरेको हो।”

आरोप लगाउने ती महिला फेर्ररकी आमाकी छिमेकी थिइन्। उनीसँग दुई बच्चा पनि थिए। छक्क पर्दै उनी ती महिला नजिक पुगिन् र सोधिन्,“हामीलाई नै किन लक्ष्य बनाएको छ ? म नर्स हुँ। मेरो बुवाले यो देशका लागि लड्नुभएको छ। आफ्नो सन्तानलाई यसरी रंगभेद सिकाउनु हुँदैन।”

फिलिपिन्स मूल भएकी ४१ वर्षीया फेर्ररले त्यसरी उपहास गर्ने ती महिलालाई अझै बिर्सिएकी छैनन्। उनी प्रतिरोध गर्न चाहन्थिन् तर हतियार बोकेको हुनसक्ने भयले फेर्रर त्यहाँबाट फर्किइन्।

पूर्वाग्रहविरूद्ध लड्ने कार्यक्रममा लगानी बढाउन तथा नयाँ कोभिड १९ कार्यदलमा साँस्कृतिक प्रतिनिधि थप्न क्यालिफोर्निया गभर्नर ग्याभिन न्यूसोमलाई दबाब दिइरहेका पैरवीकर्ताले एसियाली अमेरिकी र प्यासिफिक आइल्यान्डरविरूद्ध घृणाका घटना बढिरहेको बताएका छन्।

स्टप एएपीआइका समर्थक तथा आयोजकले गएको तीन महिनामा यो गोल्डेन स्टेटभरि यस्ता ८३२ घटनाको अभिलेख राखेका छन्। महाव्याधि सुरू भएदेखि अमेरिकी राष्ट्रपतिको विवादास्पद अभिव्यक्ति सहि थाप्ने र पछ्याउनेहरूले आक्रमण र गालीगलौज तथा अपशब्द प्रयोगलाई “सामान्य” बनाइरहेको उनीहरू बताउँछन्।

यस्ता घटनामा भइरहेको वृद्धिले सर्वसाधारण र निर्वाचित अधिकारी आक्रोशित छन्।

“हाम्रो राष्ट्रपतिले रंगभेदीलाई बाहिर निस्किएर एसियालीलाई आक्रमण गर्ने छुट दिएजस्तो लाग्छ,” एमेम्ब्लीमेन एल मुरात्सुचीले भने। उनी टोरेन्सका डेमोक्रेट हुन्। यहाँ भएका केही घटनाहरू भिडियोमा रेकर्ड गरिएका छन् जो संसारभरि धेरै पटक हेरिएको छ।

एक महिलाले विल्सन पार्कमा कसरत गरिरहेकी एसियाली मुलकी अर्की महिलालाई “जुन एसियाली देशबाट आएको हो, त्यतै जान” भनिन्। सोही दिन एउटै स्थानमा तिनै महिलाले एक जना एसियाली पुरूषलाई “चिनियाँ” र “घर फर्किन” भनिन्। प्रहरीले पछि उनलाई लङ बिचकी लिना हर्नान्डेज भनेर खुलायो।

टोरेन्सको जनसंख्या एक लाख ४५ हजारभन्दा धेरै भएको र तीमध्ये एक तिहाइ एसियाली छन्। प्रहरीले हर्नान्डेजलाई गिरफ्तार गरेको छ। गएको अक्टोबरमा डेल अमो फेसन सेन्टरमा बाटोछेउ उभिएकी एक महिलासँग मारपिट गरेको अभियोगमा उनलाई पक्राउ गरेको हो।

टोरेन्सका अधिकारीलाई जुन महिनामा दुर्व्यवहार भएको सयौं फोन कल आएका छन्। एउटा भाँडा पसल सञ्चालकको ढोकैमा “जापान फर्क। भनेको नमाने पसलमा बम पड्काउँछौं। तिमी कहाँ बस्छौं, हामीलाई थाहा छ” लेखिएकोफ पत्र टाँसिएको थियो।

संचरनागत रंगभेदको भर्त्सना गर्न मुरात्सुची एउटा पत्रकार सम्मेलनमा सहभागी भए। त्यहाँ एसेम्ब्लीमेन तथा एसियन प्यासिफिक आइल्यान्डर लेजिस्लेटिभ ककसका अध्यक्ष डेभिड चिउ, र स्टप एएपीआइका संस्थापक पनि भेला भएका थिए।

कोरोनाभाइरसले एएपिआइको स्वास्थ्यमा रंगभेदले पारेको प्रभाव र एसियाली अमेरिकीविरूद्ध कोभिड १९ सम्बन्धी बढ्दो घृणाका घटना अनुसन्धान गर्नलाई एउटा टोली गठन गर्न पैरवीकर्ताहरूले न्यूसमलाई १४ लाख अमेरिकी डलर माग गरेका थिए। तर राज्य सरकारले एसियाली अमेरिकी समुदायको सहयोग प्राप्त अभियानलाई लगानी नगर्ने निर्णय गर्‍यो।

“एसियाली अमेरिकीका लागि ठोस कार्यक्रम हुनुपर्छ। हामी राज्यसँग काम गर्न तयार छौं। हामी रंगभेदमुक्त भएर समान अधिकार र पहुँच भएको सुनिश्चित गर्न चाहन्छौं,” एसिया प्यासिफिक पोलिसी एन्ड प्लानिङ काउन्सिलकी कार्यकारी निर्देशक तथा स्टप एएपिआइ हेटकी संस्थापक मञ्जुषा कुलकर्णीले भनिन्।

विश्वव्यापी स्वास्थ्य संकट सुरू हुँदा चिउले प्रतिनिधित्व गर्ने सान फ्रान्सिस्को चाइनाटाउनमा व्यापार घटेको उनले बताए। त्यतिबेला स्थानीयले भर्खर कोरोनाभाइरसबारे जान्न थालेका थिए। शहरको बेभ्युमा क्यान संकलन गरिरहेका वृद्धलाई कुटपिट गरिएको घटना पनि उनले उद्धृत गरे। एक जनाले धातुको छडले आक्रमण गरेका थिए भने अन्यले रंगभेदी गालीगलौज गरेक थिए।

“एकदमै तनाव छ। स्वास्थ्यको महाव्याधिमात्रै नभएर घृणाको महाव्याधि पनि छ,” चिउले भने। राष्ट्रपति डोनाल्ड ट्रम्पले र्‍याली र भेलाहरूमा “कङ फ्लु” र “चाइना भाइरस” जस्ता शब्द प्रयोग गरेका घटना उद्धृत गर्दै नागरिकले पनि दैनिक जीवनमा त्यसैको नक्कल गर्दै घृणा फैलाइरहेको उनले बताए।

मङ्गलबार, असार २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.