धनगढी, २१ असार- सुदूरपश्चिम प्रदेशका सांसदको भरणपोषणका लागि संकलन गरिएको रकम हुलाक मार्फत बुझाईएको छ। कोरोना महामारीका बेला प्रदेश सरकारले सांसदहरुको सेवासुविधा बृद्धि गरेपछि खबरदारीका लागि युवा समूहले एक रुपैँया अभियान सञ्चालन गरी संकलन गरेको रकम हुलाक मार्फत मुख्यमन्त्री कार्यालयलाई बुझाईएको हो।
प्रदेश सरकारले जनप्रतिनिधिहरुको सेवा सुविधा बृद्धि गरी आम नागरिकको ढाड सेक्न काम गर्न थालेपछि युवाहरुको समुहले विरोध स्वरुप एक रुपैया संकलन अभियान चलाएको थियो। उक्त अभियानबाट संकलित चार सय ७८ रुपैँया मुख्यमन्त्री कार्यालयलाई बुझाईएको युवा समूहका संयोजक सुरेन्द्र शाहले बताए।