धनगढी, २१ असार- सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रस्ताव प्रतिपक्षीको बिरोध संघै पेलेरै २० दिनपछि प्रदेशसभामा टेबुल भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राजपाले प्रदेशसभाको बैठकमा नाराबाजी गर्दै गर्दा पेलेरै सभामुख अर्जुनबहादुर थापाले अर्थमन्त्री झपटबहादुर बोहोरालाई आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि सभामा छलफलका लागि पेश गरिपाउ भन्ने प्रस्ताव टेबुल गर्न अनुमती दिए । बिरोध गर्दा गर्दै पनि अर्थमन्त्री बोहराले बैठकको आफ्नो प्रस्ताव पेश गरेका थिए ।
प्रस्ताव टेबुल भएपछि सभामुख थापाले प्रदेशसभाको अर्को बैठक असार २२ गते दिउँसो ३ बजेका लागि बोलाएका छन् । प्रतिपक्षी दलले कोरोना भाईरसको नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अवरोध सिर्जना गर्दै आएको छ । सोही अवरोधका कारण अहिले सम्म प्रदेश सरकारले अगामी वर्षका लागि ल्याएको बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।
भिडियो हेर्न यहा Click गर्नुहोस्