धनगढी । आईतबार बस्ने भानेको ंसुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुको अवरोध गर्ने भएका छन् । बिहान बस्ने भनेको बैठक पुर्व प्रतिपक्षी दलहरुको बैठक र सरकार बिच भएको बर्तामा सहमती हुन नसकेपछि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिए ।
प्रदेश सभाको वैठक लगातार अबरुद्धका कारण सुदूरपश्चिम प्रदेश सभा बैठकलगातार स्थगित हुदै आए पनि अहिलेसम्म निकास निस्किन सकेको छैन ।
गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रतिपक्षी दलहरुबीच पटकपटक वार्ता भए पनि सफल हुनसकेको छैन । बुधबार दुबै बिच सहमति नभएपछि बिहिबार दिउँसो ३ बजे आह्वान गरिएको बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाममा प्रभावकारी रुपमा काम नगरेको भन्दै बजेटमाथिको छलफल अगाडि बढ्न दिएका छैन ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सरकारसंग सहमति जुटन नसकेको बताए । उनले भने– सरकारले हाम्रा माग पुरा गर्छु भनेर लिखित प्रतिवद्धता नगरेसम्म सदन चल्न दिदैनौं ।
प्रतिपक्षी दलहरूले तत्काल ‘कोरोनाको पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टिनमा बसेकाहरूलाई कोरोना परीक्षण नै नगरी घर पठाउने काम रोक्नुपर्ने, क्वारेन्टाइन तथा आइसोलेशनको उचित व्यवस्थापन तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी पहल गर्नुपर्ने’ माग गर्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेट प्रस्तुत भएको २१ दिन भइसक्दा पनि सदनमा छलफल नै अघि बढ्न सकेको छैन ।
लगातार चार पटक प्रदेश सभा बैठक स्थगित भएपछि बुधबार प्रदेश सरकारले प्रतिपक्षी दलहरूबीच छलफल अघि बढाएको थियो । आईतबार बिहान प्रतिपक्षी दलहरुलाई मनाउन र प्रदेश सभा बैठकको बजेटमाथिको छलफललाई अघि बढाउन दिन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह र आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा लागि परे पनि छलफल निष्कर्षविहिन भएको छ । प्रदेश सभाको बैठक आइतबार० विहान ८ बजे आह्वान गरिएको छ । प्रतिपक्षी दलहरुले सरकारले आफना माग पुरा नगरेसम्म सदन चल्न नदिने चेतावनी दिइरहेका छन ।
