एजेन्सी । इंग्लिस प्रीमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । शनिबार रासत भएको खेलमा आर्सनलले वेलभ्समाथी २(० गोलले विजयी भएको हो ।
वेलभ्सको घरेलु मैदानमा भएको खेलमा आर्सनलाई जित दिलाउन बुकायो साका र लुकास टोरेराले एक एक गोल गरे । खेलको पहिलो हाफमा १(० गोलको अग्रता लिएको आर्सनलले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।
पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा साकाले होल गर्दै अग्रता दिलाए । उनले खेलको ४३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा आर्सनललाई १(० ओलको अग्रता दिलाएका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा लुकासले एक गोल गरे । उनले जोए विलकको पासमा खेलको ८६ मिनेटमा गोल गर्दै आर्सनलाई २(० गोलको जित दिलाएका हुन् ।
यो जितसँगै आर्सलन अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । ३३ खेल खेलेको आर्सनलको ४९ अंक छ । पराजित वेलभ्स समान खेलमा ५२ आंक जोड्दै तालिकाको छैटौं स्थानमा छ ।