जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ।
संक्रमण फैलने क्रम बढ्दो रुपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ। संक्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले चिन्ता प्रकट गरेको पनि छ। डब्लूएचओका आपतकालीन सेवा निर्देशक मिखायल र्यानले शुक्रबार मिडियासँग यस्तो जनाएका हुन्।
निर्देशक र्यानले सबैलाई सचेत रहन पनि आग्रह गरेका थिए। कोरोनाभाइरसका कारण विश्वभर १ करोड ११ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन्। साथै ५ लाख २९ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ। यसवाहेक सबै मुलुकलाई महामारीका बेला आफ्नो अर्थतन्त्र व्यवस्थित बनाउन पनि डब्लूएचओले आग्रह गरेको छ । तर स्वास्थ्य संकटलाई बेवास्ता गर्न नहुने उसको सुझाव छ।
