धनगढी, असार १८ – कैलालीको एक सामुदायिक बनले विपन्न परिवारलाई ४५ हजार बराबरको पलङ हस्तान्तरण गरेको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा न। ६ स्थित रानीफाटा सामुदायिक वन उपभोक्ता समितिले गरिबी निवारण अन्तर्गत अति विपन्न समुदायका ५ परिवारलाई ४५ हजारको लागतमा प्रति परिवार एक÷एक पलङ हस्तान्तरण गरेको सामुदायिक बनका अध्यक्ष चक्र बोगटीले बताए ।
रानीफाटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बोगटीले बर्षायामको समयमा सर्प–किराको डर हुने भएकाले बनको तर्फबाट प्रति परिवार अति विपन्न परिवारलाई एक÷एक पलङ हस्तान्तरण गरेको बताए । घरमा नयाँ पलङ आएपछी अत्यन्तै खुसी लागेको रानीफाटा सामुदायिक बनकी उपभोक्ता मिना ऎरले बताईन । ‘जङ्गल छेउमा घर छ बर्षायामको समयमा डरै डरले रात बिताउनु पर्ने बाध्यता थियो ।’ उनले भनिन्, ‘सामुदायिक बनको यो गुन म कहिल्यै बिर्सिन्न ।’