काठमाडौं । सेयर बजारमा बुधबार पनि सकारात्मक सर्किट लागेको छ । ३.९८ प्रतिशत अर्थात ५०.१८ अंकले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । यस सँगै शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ ।
हालसम्म ९६ कम्पनीका ६ लाख २० हजार ३ सय ४७ कित्ता शेयर खरिद बिक्रिबाट १४ करोड ३९ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका २ वटा कम्पनीको बाहेक सबै कम्पनीको मूल्य बढेको छ । मंगलबार पनि बजारमा सकारात्मक सर्किट लागेको थियो ।