एजेन्सी । सुशान्त सिंह राजपुतको भिसरा रिपोर्ट मंगलबार सार्वजनिक भएको छ । रिपोर्ट अनुसार सुशान्तको शरीरमा कुनै पनि रसायन तथा विष पाइएको छैन । पोस्टमार्टमपछि भिसरा रिपोर्ट मुम्बई जेजे अस्पतालमा विश्षलेण गर्न पठाइएको छ ।
रिपोर्ट अनुसार मृत्यु हुनु अघि कुनै पनि संघर्षको चिन्ह छैन । उनको नङबाट पनि केही मिलेको छैन । सुशान्त सिंहको अन्तिम पोस्टमार्टम रिपोर्ट गत हप्ता आएको थियो । जसमा उनी झुन्डिएर मरेको पुष्टि भएको थियो । उनको पोस्टमार्टम रिर्पोटलाई पाँच जना डाक्टरले हेरेका थिए । रिपोर्ट अगाडी नै पनि सुशान्तको मृत्यु झुन्डिएर भएको दाबी पुलिसले गरेको थियो ।
अहिले मुम्बई पुलिसले सुशान्तको आत्महत्याको कारण जान्नको लागि छुट्टै अनुसन्धान गरिरहेको छ । सुशान्तको आत्महत्याको कारण जान्नको लागि बान्द्रा पुलिसले अहिलेसम्म २८ जनाको बयान लिइसेको छ । सुशान्तले जुन १४ मा मुम्बईमा रहेको आफ्नै फ्याटमा आत्महत्या गरेका थिए ।