• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जनप्रतिनिधिका छोराहरूको गुण्डागर्दी : कुटपिटपछि जाहेरी फिर्ता लिन दबाब

कैलालीको गौरीगंगा नगरपालिकाका जनप्रतिनिधिका छोराहरूले नेतृत्व गरेको अराजक युवाको समूहले मरणासन्न कुटपिट गरेका १ युवक गम्भीर घाइते भएका छन् ।

नगरपालिकाका वडा सदस्यद्वय चिरञ्जीवी जोशी र अमृता विकका छोरासहित युवाहरूको कुटपिटबाट युवक घाइते भएका हुन् ।

ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायव उपरीक्षक डम्मरबहादुर थापाले आइतवार राति ती युवाहरूको कुटपिटले गौरीगंगा नगरपालिका–८ का राजकुमार कठरियाका २१ वर्षीय छोरा कमान्डो कठरिया घाइते भएका बताए ।

कुटपिटमा वडा सदस्य जोशीका छोरा निरज जोशी र वडा सदस्य विकका छोरा राजेन्द्र बरालसहित गौरीगंगा नगरपालिका–४ का दिपेन्द्र सुनार, अर्जुन विक, विवेक बराल, वडा नम्बर ९ का सुरेश चुनाराको संलग्नता रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

स्थानीयका अनुसार ती युवाहरू लागूऔषध कारोबारी समेत रहेको खुलेको छ । घाइते कठरियाका बुवा राजकुमार कठरियाले आफ्नो छोराले ती युवालाई लागूऔषधको कारोबार गरेको देखेको र घटना बाहिर आउने डरले आफ्नो छोरामाथि कुटपिट गरेको दाबी गरे ।

आइतवार राति आफ्नो छोरालाई हेलमेट र बोतलले प्रहार गरी घाइते बनाएको बताउँदै उनले आफ्नो परिवार नै असुरक्षित भएको दुखेसो सुनाए ।

ती युवाहरूबीच यसअघि पनि पटक–पटक झैझगडा हुने गरेको र प्रहरीसम्म नै उनीहरूको विवाद आउने गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए । घटनाअघि पनि ती युवाहरू प्रहरी कहाँ आएको बताइएको छ ।

यसैबीच, कुटपिटको घटनालाई आपसमै मिलाउने प्रयास भइरहको छ । वडा सदस्यद्वय सहितका व्यक्तिले आपसी छलफलबाटै घटनालाई मिलाउनुपर्ने दबाब सिर्जना गरिरहेका बताइएको छ । राति नै पक्राउ परेका निरज जोशीलाई उनका बुवा चिरञ्जीवी जोशीले पहुँचको भरमा घर लगेका जनाइएको छ ।

लागूऔषध तथा कुटपिट जस्तो आपराधिक घटनाका संलग्नलाई कानूनी कारवाही गर्नुपर्ने आफूहरूको माग रहेको पीडित कठरियाका बुवाको भनाई छ । प्रहरी नायव उपरीक्षक थापाले पनि आफू सबै कानूनी प्रक्रियाको लागि तयारी रहे पनि आपसमै मिलाउनुपर्ने भन्दै छलफल भइरहेको स्वीकार गरे ।

साभार – लोकान्तर बाट

सोमबार, असार १५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.