धनगढी १४ असार-नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक द्वारा बिश्व ब्यापी महामारी कोभिड १९ विरुद्ध अग्र पंक्तिमा खटिरहेका कंचनपुर जिल्ला का सुरक्षाकर्मीहरुलाई २० थान पिपिइ सहयोग गरेका छन ।
नेता लेखक द्वारा पठाईएका स्वास्थ्य सामाग्रीहरु कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा मार्फत जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनी लाई १० थान पिपिइ, ५ लिटर सेनिटाइजर र सशस्त्र प्रहरी बल शैलेस्श्वरी गुल्मका गुल्मपती शसस्त्र प्रहरी उपरीक्षक वीर बहादुर साहु लाई १० थान पिपिइ , ५ लिटर सेनिटाइजर हस्तान्तरण गरिएको नेपाली कांग्रेस कंचनपुरका सभापती हरि प्रसाद बोहोराले जानकारी दिनु भयो।
त्यस्तै भीम दत्त नगरपालिका र महाकाली नगरपालिकाका क्वारेन्टाइनमा बितरणका लागि लागि १००० थान सर्जिकल मास्क र १० लिटर सेनिटाइजर समेत हस्तान्तरण गरिएको सभापति बोहोराले बताउनु भयो । स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरणका लागि नेपाली कांग्रेस कंचनपुरका सभापति हरि प्रसाद बोहोरा सहित जिल्ला सचिब दिवाकर पाण्डे , कोसाध्यक्ष शंकर बहादुर चन्द, क्षेत्र नम्बर – ३ का सभापति गोपालदत भट्ट लगायतका नेताहरु जिल्लाले जिल्ला प्रशासन कार्यालयमा गएका थिए ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले यस्तो संकटको बेलामा नेता लेखक द्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई गरिएको सहयोगको प्रसंसा गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा सहित धन्यवाद व्यक्त गरेका थिए ।
नेता लेखकले यो भन्दा अगाडि पनि कंचनपुर जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका स्वास्थ्यकर्मीहरुका लागि ५७ थान पिपिइ सहित मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका थिए ।त्यस्तै नेता लेखकले बैतडी जिल्लाका लागि समेत २० थान पिपिइ पठाएको नेता लेखकका सहयोगी ने।बि।संघका पुर्व केन्द्रीय सदस्य जनक भट्टले जानकारी दिएका छन ।
बैतडीमा पठाइएको स्वास्थ्य सामग्रीहरु आवस्यकता अनुसार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई प्रदान गरिने सहयोगी भट्टले जानकारी दिए ।
बैतडीमा पठाइएको स्वास्थ्य सामग्रीहरु आवस्यकता अनुसार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई प्रदान गरिने सहयोगी भट्टले जानकारी दिए ।