धनगढी १३ असार- पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले थप ५ सय ५४ जनामा कोरोना पुष्टि भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ। पछिल्ले २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
निको हुनेमा १८ महिला र १ सय१८ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए। नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८सय३४ पुगेको छ।