डोटी, १३ असार- डोटीको सायल गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। शनिवार बिहान जङ्गलमा घाँस काट्न जाँदा चिप्लेर स्थानीय २० बर्सिया गीता लोहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
भिरमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी उनलाई गाउँपालिकाको एम्बुलेन्समा राखेर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु प्रहरी नायव उपरीक्षक इन्द्र मल्ले बताए ।