• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्वास्थ्य चौकीको फार्मेसीमा ब्युटीपार्लर

"स्वास्थ्य चौकीको फार्मेसीमा ब्युटीपार्लरका टिप्सका साथै सामान पाइन थालेको हो "

धनगढी, १३ असार- कैलालीको एक स्वास्थ्य चौकीको फार्मेसीमा औषधी होइन, ब्युटीपार्लरका सामान पाइन्छ भन्दा पत्यार नलाग्ला । तर यथार्थ हो ।  जिल्लाको कैलारी गाउँपालिका ८ पृथ्वीपुरस्थित प्राथमिक स्वास्थ्य चौकीको फार्मेसीमा ब्युटीपार्लरका टिप्सका साथै सामान पाइन थालेको हो । सो स्वास्थ्य चौकीले फार्मेसी बन्द गरेर एक व्यक्तिलाई ब्युटीपार्लन सञ्चालन गर्न दिइएपछि फार्मेसी सञ्चालनमा आएको हो ।

स्वास्थ्य चौकीका प्रमुख रुपा बिकले फार्मेसी हटाएर फार्मेसी राखिएको भवनमा एक ब्यक्तिलाई ब्युटीपार्लर पसल सञ्चालन गर्न दिएको बताइन् । जनशक्ति अभावका कारण सञ्चालनमा रहेको फार्मेसी बन्द भएको बताउँदै उनले सो फार्मेसी भवन खाली भएपछि भाडामा ब्युटीपार्लर सञ्चालन गर्न दिएको स्थास्थ्य चौकीकी प्रमुख बिकले जानकारी दिइन् ।

सञ्चालनमा रहेको फार्मेसी बन्द भएपछि सेवाग्राहीहरु मारमा परेका छन् । स्वास्थ्य चौकीबाट दैनिक करिब ५० जना बढीले सेवा लिदै आएका विरामीहरु मारमा परेका छन् । फार्मेसी बन्द भएपछि स्वास्थ्य चौकीले निजी क्लिनिकबाट औषधी खरिदको लागि समझौता गरेको स्वास्थ्य चौकी प्रमुख बिकले जानकारी दिइन् ।

जुन क्लिनिकबाट सेवाग्राहीहरु महंगोमा औषधी किन्न बाध्य भएका छन् । त्यस्तै स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन हुँदै आएको सो स्वास्थ्य चौकीमा सो कार्यक्रम प्रभावित भएको छ । सो कार्यक्रम अन्तरगत औषधी बिक्रि वितरणको जिम्मा पनि सो क्लिनिकलाई नै दिइएको बताइएको छ ।

स्वास्थ्य चौकीको सो कार्यप्रति स्थानीयहरु विरोध जनाउँदै आएका छन् । स्थानीय अजित चौधरीले स्वास्थ्य चौकीले सेवाग्राहीलाई प्रभावकारी तथा सुलभ सेवा दिनुको साटो निजी क्षेत्रलाई पोस्ने काम गरेको बताए । स्वास्थ्य चौकीले विरामीको स्वास्थ्य सम्बन्धी अधिकार कुण्ठित गरिरहेको पनि स्थानीय अजित चौधरीको भनाइ छ ।

स्वास्थ्य चौकीले पछिल्लो ८ महिनादेखि फार्मेसी बन्द गरेर ब्युटीपार्लर सञ्चालन गर्न दिएको जनाइएको छ । जसबाट मासिक १५ सय रुपैया ब्युटीपार्लर सञ्चालकबाट स्वास्थ्य चौकीले असुली गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कैलारी गाउँपालिका वडा नंं ८ का वडा अध्यक्ष दुखीराम कठरियाले बताए ।

अध्यक्ष कठरियाले भने–‘फार्मेसी बन्द भएपछि केही आम्दानी होस भएर ब्युटीपार्लर सञ्चालन गर्न दिएका हौ । अब पुुनः फार्मेसी सञ्चालनको पहल भैरहेको छ । सम्भवतः २ महिनाभित्रै सञ्चालन गर्ने तयारीमा छौ ।’

  • लखन चौधरी, लोकान्तर

शनिबार, असार १३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.