सुर्खेत ।
असार ११
कर्णाली प्रदेश अस्पतालमा कार्यरत ९ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा (कोभिड १९) कोरोना भाइरस पोजेटिभ देखिएकोले आकस्मिक सेवा बाहेक अरु सबै सेवाहरु बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
निर्देशक डाक्टर खड्काले जारी गरेको विज्ञप्तीमा भनिएको छ अस्पतालमा सेवा लिन आउने सेवाग्राहिहरुमा संक्रमण हुन नदिनको लागि उच्च सतर्कता अपनाउनु पर्ने भएकोले अस्पतालले आकस्मिक सेवा बाहेक अरु सेवाहरु केहि दिनको लागि बन्द गरिएक छ ।
प्रदेश अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा अहिले सम्म ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो भन्दा अगाडि ५ जना र विहिवार ४ जना गरी ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कर्णाली प्रदेश अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा केहि दिनको लागि बन्द
कर्णाली प्रदेश अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा केहि दिनको लागि बन्द