धनगढी ११ असार- कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा कृयाशिल पत्रकार किशोर तामाङलाई पुनर्वास नगरपालिकाको सातौं नगर सभाका अबसरमा नगर सुशासन पत्रकारिता पुरस्कार बाट सम्मान गरिएको छ ।
नगरको सुशासन सम्बन्धी रिपोर्टिङ गरि सुशासन कायम राख्न भुमिका उल्लेखनीय निर्वाह गरेको भन्दै बुधबार आयोजित पुनर्वास नगरपालिकाको सातौं नगरसभामा पत्रकार तामाङलाई सम्मान गरिएको हो ।
नेपाल प्रेस युनियन कञ्चनपुरका उपाध्यक्ष रहेका पत्रकार तामाङ माउन्टेन टेलिभिजनका कञ्चनपुर सम्वाददाताका रुपमा जिल्लामा पत्रकारिता गर्दै आएका छन् ।