डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकाले भारतबाट आएकाहरुलाई जनही एक हजार ५ सय दिने निर्णय गरेको छ। सोमबार बसेको गाउँपालिकाको ५९औँ बैठकले जेठ २२ देखि असार ८ गते सम्म भारतबाट आएका व्यक्तिहरुलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का काराण देश लकडाउन भएपछि भारतबाट नेपाल आउनेहरु निक्कै मारमा परेका छन् । गाउँपालिकाले जेठ २१ गते सम्म भारतबाट नेपाल फर्केका नेपालीहरुलाई सीमाबाट यातायातको व्यवस्था गरि गाउँपालिका सम्म र्पुयाएको थियो । तर जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णय भन्दै भारतबाट आएका व्यक्तिहरुले स्वयंमले यातायातको व्यवस्था गर्नुपर्ने पत्र स्थानीयतहरुलाई पठाए पछी यातायातको ब्यवस्था गर्न नसकेको पुर्बी चौकी गाउपालिकाका अध्यक्ष दीर्घराज बोगटी जानकारी दिए ।
सोही अनुसार जेठ २२ गतेबाट असार ८ गते सम्म भारतबाट पूर्वीचौकी गाउँपालिका भित्रिएकाहरुलाई उनीहरुको आर्थिक अवस्थालाई मध्यनजर गरि गाउँपालिकाले जनही १५ सय दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष बोगटीले जानकारी दिए । उनका अनुसार १५ सय मा १० प्रतिशत करकट्टी गरि एक हजार ३ सय ५० रुपैयाँका दरले उपलब्ध गराईने छ । आफै टिकट काटेर ९ सय देखि १ हजारको हाराहारीमा आएको हुन सक्ने पुर्बी चौकी गाउँ पालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत टेक बहादुर खड्काले जानकारी दिए ।
उनीहरुको तथ्यांक संकल कार्य भइरहेको समेत खड्काले जानकारी दिए । गाउँ पालिकालिले भारतबाट आएका ६ सय देखि ७ सय जतिलाईयातायातको ब्यवस्थाप गरेको अधिकृत खड्काले जानकारी दिए।