• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रातो रिबनभित्र कैद कोरोना संक्रमित, गाउँमा त्रास

घर अगाडि रातो रिबन बँधिएको छ । रातो रिबन भित्रको घरमा दुई युवाहरु पाँच दिनदेखि कैद छन् । असार ३ गतेका दिन उनीहरुको घरमा वडाका जनप्रतिनिधि आएर रिबन बाँधेर गए । त्यसपछि न उनीहरुको हालखबर सोधिएको छ, न त उनीहरुको स्वास्थ्य चेकजाँच नै गरिएको छ । गौरीगंगा नगरपालिका–१, गोप्का ९चौमाला० का २७ वर्षिय र २६ वर्षिय पुरुष ९दाजु भाइ० लाई पिसिआर चेकपछि कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि एकाएक जनप्रतिनिधि आएर उनीहरुको घर रेड जोनमा परेको भन्दै रातो रिबन बाँधिएको थियो ।

भारतको दिल्लीबाट गत जेठ १० गते उनीहरु चौमाला फर्केका हुन् । चौमालास्थित पशुपति माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा बसेका उनीहरुको आरडिटी जाँचमा पोजेटिभ देखिएपछि पिसिआर जाँच गरिएको थियो । पिसिआरको रिपोर्ट ढिला आउने भएपछि वडाध्यक्षले जेठ ३० गते उनीहरुलाई घर पठाइदिए ।

‘रिपोर्ट नआउँदै जेठ ३० गते वडाध्यक्षले घर पठाइदिए,’ कोरोना संक्रमित २७ वर्षिय पुरुषले भने,‘हाम्रो रिपोर्ट नआउन्जेल यही बस्छौँ भन्दा कसैले मानेनन्, घर पठाइदिए, अहिले आएर घरमै रातो रिबन बाँधियो ।’ क्वारेन्टिनबाट सिधै घरमा आएर बसेको बताउँदै अर्का संक्रमित २६ वर्षिय पुरुष भन्छन्,‘क्वारेन्टिनबाट हामी सिधै घरमा आएर बस्यौँ, यहाँ आएको चार दिनपछि त पोजेटिभ रिपोर्ट आएको खबर पायौँ ।’

आफूहरुलाई पोजेटिभ देखिएपछि अहिलेसम्म कसैले पनि उपचारका लागि लैजान नआएको उनी दुखेसो पोख्छन् । ‘हामीलाई पोजेटिभ भएको छ भनेर हल्ला गरियो, फेरि घरमै रातो रिबन बाँधेर राखियो,’ उनले भने,‘तर, उपचारका लागि कोही आएनन् ।’ एक्कासि घरमा रातो रिबन बाँध्दा मनमा डर लाग्नुका साथै घर परिवार सबै डराएको बताउँदै उनले भने,‘घर अगाडिको रिबनले गाउँ टोलका सबै त्रासमा छन्, गाउँलेले यो बाटो हिँड्नै छाडिसके ।’

आफूहरुलाई कारोना पोजेटिभ देखिएपछि वडाध्यक्षले नै नर्मल छ, घरमै बस भनेर बाध्य पारेकाले घरभित्रै कैद रहेको बताउँदै उनले प्रश्न गरे,‘हाम्रो अवस्था नर्मल भए, किन घर वरपर रातो रिबन बाँधेर राखियो रु’ दुई दाजुभाइसँगै वडा नम्बर १ मा १८ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएका कसैलाई पनि उपचारका लागि लगिएको छैन ।

गाउँमा आएर कोरोना संक्रमितका घरमा रातो रिबन बाँधिदिएपछि आफूहरु त्रसित बनेको बताउँदै स्थानीय कृष्ण बोगटीले भने,‘वडा कार्यालयले सुरुमै क्वारेन्टिनबाट नछाड्नु पर्ने हो, छाडिदियो, त्यसपछि भने कोरोना पुष्टि भएकालाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने त्यो नराखिदिँदा हामी त्रासमा छौँ ।’

संघीय र प्रदेश सरकारले केही गर्न नसकेको अवस्थामा आपूmहरुले पनि केही गर्न नसक्ने बताउँदै वडाध्यक्ष जगतराम चौधरीले भने,‘क्वारेन्टिनबाट हामीले पठाएका हैनौ, उनीहरु आफै गएका हुन्, त्यसपछि पनि पोजेटिभ रिपोर्ट आउँदा घरमा रिबन बाँध्नसम्म त सक्यौँ ।’ कोरोनाको उपचार केही नभएको बताउँदै उनले भने,‘कोरोनाको उपचार छैन, त्यसका लागि उहाँहरुलाई घरमै बसेर स्वास्थ्य लाभ लिन आग्रह गरेका छौँ ।’

कोरोना संक्रमितको स्वास्थ्य अवस्थाबारे जाँचबुझ गर्ने अधिकार स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीको रहेको बताउँदै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने,‘सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अधिकार दिइएको छ, आ–आफ्नो क्षेत्रका बिरामीको जिम्मा सम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मीले लिनुपर्छ ।’ गौरीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख आशा दाहाललाई यस सम्बन्धि जानकारी लिन सम्पर्क गर्न खोज्दा उनले फोन उठाइनन् ।

सोमबार, असार ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.