महेन्द्रनगर । कञ्चनपुरमा ९ बर्षिया बालिका आफन्तबाटै बलात्कारमा परेकी छन् । भीमदत्त नगरपालिका–१० की ती बालिकामाथि बिहीबार राति नातामा दाई पर्ने व्यक्तिले बलात्कार गरेको प्रहरीले बताएको छ ।
प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले वैतडी घर भई फुपु नातापर्नेको घर आएका २० वर्षीय विरेन्द्र दयालले बलात्कार गरेका बताएका छन् । उनी केही दिनअघि मात्रै आएका बताइएको छ ।
आरोपी बिरेन्द्रलाई शुक्रबार पक्राउ गरिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको नायव उपरीक्षक थापाले बताए ।
