• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा १२ वर्षीया बालिकामाथि पटकपटक बलात्कार, घटना सार्वजनिकपछि ज्यान मार्ने धम्की

कैलालीको गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गौरीगंगा नगरपालिकाका १९ वर्षीय नवीन साउद र २० वर्षीय चन्द्र साउदलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले घटनाको अनुसन्धान भईरहेको बताए। ‘बालिकामाथि जवरजस्तीकरणी भएको भन्दै जाहेरी आएको छ,’ उनले भने, ‘दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौ।’

के हो घटना ? 

गौरीगंगा नगरपालिकाकी १२ बर्षीया बालिकालाई १९ वर्षीय स्थानीय नवीन साउदले गएको १० जेठमा आँप खान बोलाए। साथीसँग खेलिरहेका बेला साउदले आफ्नो कोठामा बोलाएर बलात्कार गरेको बालिकाको भनाइ छ। त्यसपछि १२ जेठमा बिहानै भाइसँग चिनी किन्न पसलमा गएको बेला अर्का २० वर्षीय चन्द्र साउदले पनि बलात्कार गरेको बालिकाको आरोप छ।

सँगै गएका भाइलाई लखेटेर बालिकालाई नियन्त्रणमा राखी उनले जबर्जस्ती गरेका थिए। चिच्याएपछि दिनभर नछोड्ने भन्दै धम्काएर युवकले जबर्जस्ती गरेको बालिकाले बताएकी छन्। पसलमा ग्राहक आएपछि उनले बालिकालाई छोडेका थिए।

पिसाब फेर्न गाह्रो भएपछि र यौनाङ्गबाट रगत बग्न थालेपछि घटना भएको ५ दिनपछि बालिका हजुरआमासँगै इलाका प्रहरी कार्यालय राजीपुर चौकी गएकी थिइन्। बालिकाका अनुसार इलाका प्रहरी कार्यालयले उजुरी लिन नमानेर उल्टै जिस्क्याएर फर्काएको थियो।

पीडित बालिकाका बुबामा मानसिक समस्या छ भने आमाको ५ वर्षअघि नै मृत्यु भइसकेको छ। पीडित बालिका वृद्ध हजुरबुबा र हजुरआमासँग बस्छिन्। प्रहरी चौकी गएको थाहा पाएपछि पीडक भनिएका चन्द्र साउदका बुबाले बालिकाकी हजुरआमालाई खुकुरी देखाएर मार्ने धम्की समेत दिएको पीडित बालिकाले बताएकी छिन्।

उक्त घटनाबारे गौरीगंगा नगरपालिकाकी उपप्रमुख अन्चला चौधरीले उजुरी लिन आग्रह गर्दा समेत इलाका प्रहरी कार्यालयले उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि उपप्रमुख चौधरीले बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएकी छिन्। किटानी जाहेरीपछि उपप्रमुख चौधरीले आफूलाई फोनमा धम्की आइरहेको बताएकी छन्।

शुक्रबार, असार ०५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.