धनगढी, ४ असार– सुदूरपश्चिम सकारले संसदहरुको तलव बढाएको प्रति नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा. राणबहादुर रावलले आपत्ती जनाएको छ ।
सुदूरपत्र अनलाइनलाई प्रतिकृया दिदै संसदीय दलका नेता रावलले कोविड १९को रोकथाम तिर ध्यान दिन छोडेर सुदूरपश्चिम प्रदेश सरकार तलब तथा सेवा सुबिधा बढाउने तर्फ लाग्दा जनतालाई निरास बनाएको बताए ।
संसदको तलबभत्ता बढाउने जस्ता कुरा प्रतिपक्षी दल पनि जोडिने भएकोले यस्ता गैर जिम्मेबार निर्णय सच्याउन समेत प्रदेश सरकार संग माग गरे । ‘यो बिषय हाम्रो संसदीय दलमा छलफल चल्दैछ’–डा. रावलले भने–‘बैठक पछि प्रमुख प्रतिपक्ष दल काँग्रेसको आधिकारीक धारणा प्रस्तु्त हुन्छ ।’ तलबभत्ता बढाउने बिषयमा प्रतिपक्षी दल काँग्रेसको पुर्ण रुपमा असहमती छ उनले भने ।
बर्तामान केन्द्रिय सरकार र प्रदेश सरकार जनताको भावना बिपरित कुशासन तर्फ लम्कदै गरेको बताउदै डा.रावलले कोरोना रोगथाम, क्वारेन्टाइन ब्यवस्थापन, टेष्टिङ्ग, राहत ब्यवस्थापन, बिदेशबाट स्वादेश फर्केका श्रमिकलाई रोजगारी सृजनाका बारेमा सरकारले सोच्नुपर्ने बताए । अहिलेको मौषमले गर्दा क्वारेन्टाइन रोग फैलाउने केन्द्र हुदा त्यलाई व्यवस्थित गर्नुपर्ने उनको भनाई छ ।
