• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

लकडाउन पछि खुलेको ग्राहक बिनाको सुदूरपश्चिमको बजार

धनगढी, ४ असार- लामो समयको लकडाउन पछि सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी बजार पूर्णरुपमा खुलेको छ । चार दिनदेखि धनगढीको बजार व्यवसाय खुला रहे पनि ग्राहक भने बजारसम्म पुग्न सकेका छैनन् । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जानु र आम नागरिकमा कोरोना त्रास कायमै रहेकाले बजारमा ग्राहकहरू आउन सकेका छैनन् ।

बिहानैदेखि पसल खोलेर बस्ने गरेको बताउँदै धनगढी साल्टट्रेडिङ लाइनमा रहेको अंकित बस्त्रालयका सञ्चालक बिनोद बोहरा भन्छन्,‘पसल खोलेर बसेका छौँ, तर ग्राहकै आउँदैनन् ।’ सरकारलाई कर तिर्नका लागि पनि जोखिम मोलेर व्यवसाय खोलेको बताउँदै उनले भने,‘कर तिर्नका लागि आम्दानी गर्नु प¥यो भनेर व्यवासय खोल्यौँ, तर ग्राहकै आउँदैनन् ।’ दिनभर सडकमा आँखा डुलाउँदै ग्राहक आउने प्रतीक्षामा बसेको बताउँदै धु्रवतारा सपिङ सेन्टरका प्रोप्राइटर सुशील शाही भन्छन्, ‘बिहानदेखि बेलुकीसम्म पसल खोलेर बसेको हुन्छु, तर ग्राहकै आउँदैनन् ।’

छाता, रेनकोट तथा गर्मीमा लगाउने पातला लुगा किन्न ग्राहक आउने समय भए पनि यसपालि भने अहिलेसम्म बजारमा ग्राहक आउन नसकेको उनी बताउँछन् । लामो समय लक डाउनले गर्दा भएको पैसा सकिएका कारण पनि ग्राहक बजारमा आउन नसकेको हुन सक्ने बताउँदै उनले भने,‘एक त कोरोनाको त्रास कायमै छ, अर्कोतर्फ पैसा पनि सकिएको अवस्था भएकाले हुन सक्छ ग्राहक बजार पुग्ने सकेका छैनन् ।’ फाट्ट फुट्ट आउने ग्राहकले पनि सस्तो सामान खोज्ने गरेको उनको अनुभवले के बताउँछ भने,‘ग्राहकले गुणस्तरीय नभई सस्तो सामान खोज्न थालेका छन्, यसले पनि के पुष्टि हुन्छ भने अहिले ग्राहकसँग पैसा छैन ।’

लामो समय बन्दाबन्दीको अवस्थामा रहेका आम नागरिकहरू सुरक्षाका दृष्टिले पनि बजारमा निस्कन नसकेको बताउँदै कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक तथा अर्थशास्त्री राजेन्द्रवीर चन्द भन्छन्,‘एक त मानिसहरू कोरोना त्रासले घरभित्रै छन्, अर्कोतर्फ घरभित्रै बस्दा बस्दै उनीहरूको गोजी रित्तिएको छ, यसले पनि ग्राहक हत्तपत्त बजार निस्कन सकेका छैनन् ।’

सुरक्षा महसुससँगै पैसा भएपछि मात्रै ग्राहकले विलासिता जीवन रोज्ने गरेको बताउँदै उनी भन्छन्,‘अहिले ग्राहकसँग पैसा छैन, यस्तो बेलामा मानिसले अत्यावश्यक सामग्रीबाहेक अन्य सामग्रीका लागि जुगाडबाजी गर्छन् ।’ अहिले मानिसहरू घरायसी सामानहरूको सदूपयोग गर्न खोजिरहेको बताउँदै उनले भने,‘मानिससँग जे जति साधन छन्, त्यसलाई नै सदूपयोग गर्न चाहिरहेका कारण पनि बजार निस्कन चाहेका छैनन् ।’

अर्कोतर्फ लामो समयसम्म लक डाउनमा बसिरहँदा मानिससँग खर्च गर्ने क्षमता विस्तारै कम हुँदै गएको उनी बताउँछन् । ‘प्राइभेट’ क्षेत्रमा काम गर्ने र दैनिक ज्यालादारीमा रहेका अधिकांश मानिसमा खर्च गर्न सक्ने क्षमता घटेका कारण पनि बजार निस्कन नसकेको उनको विश्लेषण छ ।

अहिले बजार ग्राहकबिना खुलेको बताउँदै कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले भने,‘व्यापारको स्थिति कोरोना सुरु हुनु अघिदेखि खस्कँदै गएको थियो, लक डाउनपछि खुलेको बजारले त ग्राहक नै पाएको छैन ।’ कैलालीको व्यापार व्यवसाय ८० प्रतिशत घटेको बताउँदै उनले भने,‘जबसम्म यातायात खुल्दैनन्, तबसम्म व्यापारीले ग्राहक भेटाउँदैनन् र व्यापार बढ्दैन ।’

बिहिबार, असार ०४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.